मौद्रिक नीति ल्याउन ढिला भएको छैन : राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 10:20:49 AM मा प्रकाशित

laxmi  sunrise bank

मौद्रिक नीति नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आउन ढिलाई नभएकाो बताएको छ । संघ प्रदेश र स्थानीय सरकारले बजेट ल्याइसकेको अवस्थामा राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन ढिलाइ गरेको टिकाटिप्णी भइरहेको बेला राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला भने मौद्रिक नीति ल्याउन ढिला नभएको बताउँछन् । 

समयमा नै बजेट आएको अवस्थामा सामान्यत नयाँ आर्थिक वर्ष भित्र मँैद्रिक नीति ल्याउने गरिनछ । तर आगामी आर्थिक वर्षको लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमै बजेट ल्याएपनि राष्ट्र बैंकले साही अनुरुप मौद्रिक नीति ल्याउन नसकेको आरोप राष्ट्र बैंकलाई लाग्न सुरु भएको छ । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला भने मौद्रिक नीति ल्याउन ढिला नभएको बताउँछन् । आर्थिक वर्ष शुरु नहुँदै मौद्रिक नीति ल्याउन सके राम्रो हुने तर साउन भित्रमा ल्याउँदा पनि ढिलो नहुने उनको भनाई छ । मौद्रिक नीति ल्याउन किन ढिलो भयो र कहीले आउँछ भन्ने बिजपाटीको प्रश्नमा उनले भने ‘ आर्थिक वर्षको ११ महीनाको तथ्याङकहरु राष्ट्र बैंकले प्राप्त गरेको छैन। ११ महीनाको तथ्याङ प्राप्त नभइकन मौद्रिक नीति तयार गरिदैन र पुर्ण रुपमा तयार हुँदैन ।’

११ महीनाको तथ्याङक प्राप्त गर्नको लागि राष्ट्र बैंकलाई अन्य संघ संस्थासंग भर पर्नुपर्ने हुनाले ति तथ्याङ नआइकन मौद्रिक नीति अपुर्ण हुने उनले बताए । त्यस्तै राष्ट्र बैंकले विगत केही वर्ष देखि त्रैमाशिक रुपमा मौद्रिक नीतिको समिक्षा गरिरहेको र बैंशाखमा समिक्षा गरिसकेकोले अर्को मौद्रिक नीति ३ महीना भित्रमा ल्याउन राष्ट्र बैंकसँग पर्याप्त समय रहेको निरौला बताउँछन् । साउन भित्रमा मौद्रिक नीति आउँदा पनि ढिलो नहुने उनको भनाई छ । 

यसअघि राष्ट्र बैंकले असार २७ गते मौद्रिक नीति ल्याउने  बताएको थियो । २७ गते मौद्रिक नीति ल्याउन असफल भएको केन्द्रिय बैंकले मौद्रिक नीति कहीले आउँछ भन्ने उल्लेख गरेको छैन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved