जीवन विकास लघुवित्तद्वारा डेढसय प्रतिशत हकप्रद प्रस्ताव, मर्जरको बाटो पनि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 07:58:21 AM मा प्रकाशित

laxmi  sunrise bank

जीवन विकास लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा बोलाएको छ । लघुवित्तले पुँजी वृद्धिको लागि १:१.५ को अनुपातमा डेढ सय प्रतिशत हकप्रद निष्काशन सहितका प्रस्ताव पारित गर्न विशेष साधारणसभामा बोलाएको हो । यस्तै संस्थागत शेयर र साधारण शेयर अनुपात परिवर्तन गर्ने अर्को प्रस्ताव पनि साधारणसभामा लैजान तयारी संस्थाको छ । 

हाल लघुवित्तको अधिकृत पुँजी ५० करोड, जारि पँजी २० करोड र चुक्ता पुँजी, १४ करोड रुपैयाँ रहेको छ । यसलाई बढाएर जारि पुँजी १ अर्ब अधिकृत पुँजी ५० करोड र चुक्त पुँजी ५० करोड पुर्याउने प्रस्थाव पेश गर्न लागिको संस्थाले जनाएको छ । यस्तै संस्थागत र साधारण शेयर अनुपात पनि ७०ः३० लाई परिवर्तन गरेर ६७.५प्रतिशत संस्थापक र ३२.५ प्रतिशत साधारण बनाउने प्रस्थाव विशेष साधारणसभामा लगिने कम्पनीले जनाएको छ । 

संस्थाले अधिकृत जारी र चुक्ता पुँजी वृद्धि,  संस्थागत साधारण शेयरको अनुपात परिर्वत र मर्जर तथा तथा प्राप्ति सम्बन्धी प्रस्ताव पेश गर्ने छ । साउन १० गते संस्थाको केन्द्रिय कार्यलय  कटहरि मोरङमा विशेष साधारणसभा बोलाएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved