नेष्डो लघुवित्तले डाक्यो विशेष साधारणसभा, डेढसय प्रतिशत हकप्रद प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 08:11:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा बोलाएको छ । लघुवित्तले पुँजी वृद्धिको लागि १:१.५ को अनुपातमा डेढ सय प्रतिशत हकप्रद निष्काशन प्रस्ताव सभामा लैजाने भएको छ । साथै कम्पनीले जारी पुंजी, चुक्ता पुंजी र अधिकृत पुंजी बढाउने प्रस्ताव पनि साधारणसभामा लैजाने जनाएको छ ।

लघुवित्तले साउन १० गते संस्थाको केन्द्रिय कार्यलय कुस्मा, पर्वतमा विशेष साधारणसभा बोलाएको हो। यस्तै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार मर्जर तथा प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पनि साधारणसभामा लगिने कम्पनीले जनाएको छ ।

हाल लघुवित्तको अधिकृत पुँजी ५० करोड, जारि पुँजी १० करोड र चुक्ता पुँजी, ७ करोड रुपैयाँ रहेको छ । यसलाई बढाएर जारि पुँजी १ अर्ब अधिकृत पुँजी २० करोड र चुक्ता पुँजी १७.५ करोड पुर्याउने प्रस्ताव पेश गर्न लागिको संस्थाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved