नेपाल राष्ट्र बैंकले वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई समस्याग्रस्त अवस्थावाट फुकुवा गरेको छ । राष्ट्र बैंकको साउन ७ गतेको निर्णय अनुसार कम्पनीलाई सशर्त रुपमा समस्याग्रस्त अवस्थावाट फुकुवा गरेको हो ।
राष्ट्र बैंकले कम्पनीलाई २०७० बैशाख १३ गतेदेखि निक्षेप स्वीकार गर्न, कर्जा प्रवाह गर्न, जमानत प्रदान गर्न लगायतका कारोबार गर्न नपाउने गरी समस्याग्रस्त घोषणा गरेको थियो । ६ बर्षपछि कम्पनी समस्याग्रस्त अवस्थाबाट मुक्त भएको हो ।