एनएमबि लघुवित्तद्वारा कर्मचारीलाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 05:11:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि लघुवित्तले एक दिने आन्तरिक लेखापरीक्षण तथा कर सम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाले आफ्ना वित्त व्यवस्थापन, कर्जा ब्यवसाय, कर्जा जोखिम तथा असुली व्यवस्थापन, आन्तरिक लेखापरीक्षण विभाग, कर्जा जोखिम तथा असुली व्यवस्थापन विभागमा आवद्घ कर्मचारीहरु र विभिन्न प्रदेश स्तरमा रहेका नौ वटा अनुगमन स्टेशनका अनुगमन अधिकृतलाई तालिम दिएको हो । 

उक्त तालिममा ३० जना कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्साल र बाह्य स्रोत ब्यक्ति सिए पारसमणि अर्यालले आन्तरिक लेखापरिक्षण तथा कर सम्बन्धी प्रशिक्षण दिएका थिए । 

यस वित्तीय संस्थाले ५६ जिल्लामा १०० वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved