उमेरहदको कारण ४ बैंकरको पद गयो, सनराइज र एनआईसीको हकमा के होला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 01:26:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा पनि उमेरहद लागु गरेपछि ३ बैंकरको पद गएको छ।  राष्ट्र बैंकले सोमबार सकुर्लर जारी गर्दै बैंक तथा वित्तीय संस्थामा उमेरहद लागु गरेको हो  ।

राष्ट्र बैंकको उमेद हदको कारण एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ , नबिल बैंकका अध्यक्ष शम्भु पौड्याल, गरिमा विकास बैंकका संचालक भुपेन्द्र बहादुर खड्का, प्राइम बैंकका सीइओ नारायणदास मानन्धरको  पद गएको छ।  मानन्धर ४ दिन अगाडी मात्र सीइओ नियुक्त भएका थिए  । उनी आज बैंकमा नआएको राष्ट्र बैंकमा जानकारी गराईएको राष्ट्र बैंक स्रोतले जनाएको छ  ।

त्यस्तै संनराइज बैंकका अध्यक्ष र एनआईसी एसिया बैंकका अध्यक्ष मोतीलाल दुगड, एनआईसी एसिया बैंकका संचालक जगदिश अग्रवाल  र नेपाल एसविआई बैंकका संचालक वालकृष्ण क्षेष्ठ लगायत केही बैंकरहरुले पनि अवको १ /२ वर्षमा नै उमेरहदको कारण पद छोड्नु पर्ने हुन सक्ने स्रोतले जनाएको छ । यद्यपि यसको औपचारीक पुष्टि हुन् भने बाँकि रहेको छ । 

 नेपाल राष्ट्र बैंकले बैंकको संचालकको लागि ७० वर्ष र सिइओको लागि ६५ वर्षको उमेरहद लागु गरेको हो । राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार अव ७० वर्ष उमेर नाघेका ब्यक्ति बैंकका संचालक हुन नपाउने भएका हुन् ।  त्यस्तै ६५ वर्ष नाघेका ब्यक्ति बैंकको सिइओ नियुक्त अथवा पुन नियुक्त हुन नपाउने भएका हुन्। 

हाल कार्यरत रहेको सिइओको उमेर भने ६९ वर्ष माथि भएको भएमा त्यस्ता ब्यक्ति पदमा वस्न स्वत अयोग्य हुने राष्ट्र बैंकले जनाएको हो । यद्यपी २०७७ असार मसान्त सम्ममा मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंकलाई उक्त ब्यवस्था लागु नहुने राष्ट्र बैंकले निर्देशनमा उल्लेख गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved