बैंकिङ र बीमाको जोखिम व्यवस्थापनबारे अन्तराष्ट्रिय गोष्ठी हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 08:46:13 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआईएन) ले अन्तराष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठी गर्ने भएको छ । साउन २९ गते काडमाडौंको होटल हायात रिजेन्सीमा होटलमा हुने गोष्ठीको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गर्ने कम्पनीका प्रवन्ध निर्देशक विनोद आत्रेयले जानकारी दिए । 

प्रथम वार्षिकोत्सवका अवसरमा गोष्ठी आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक आत्रेयको भनाई छ । कार्यक्रममा जोखिम व्यवस्थापनको नियामक र निरीक्षणात्मक दृष्टिकोण, ठूला तथा साना आयोजनाहरुमा गरिने लगानीका जोखिमहरु र तिनका सुधारात्मक रणनीतिहरु तथा यान्त्रिक परिवर्तन र वित्तीय एवम् वीमा क्षेत्रमा देखापर्ने जोखिमहरुको विषयमा कार्यपत्र प्रस्तुत हुने छ ।

जोखिम व्यवस्थापनको नियामक र निरीक्षणात्मक दृष्टिकोणबारे राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र तथा बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सुदीप खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरी, ठूला तथा साना आयोजनाहरुमा गरिने लगानीका जोखिमहरु र तिनका सुधारात्मक रणनीतिहरुबारे सेन्ट्रल बैंक अफ इण्डिया लिमिटेडका पूर्व अध्यक्ष एस श्रीधर तथा जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै यान्त्रिक परिवर्तन र वित्तीय एवम् बीमा क्षेत्रमा देखा पर्ने जोखिमहरुबारे भारतको एक्जिम बैंकका सहायक महाप्रवन्धक दीपक भाटियाले कार्यपत्र प्रस्तुत गर्ने बीएफआईएनका प्रबन्ध निर्देशक डा. आत्रेयले जानकारी । 

आत्रेयले भने ‘प्रविधिको क्षेत्रमा धेरै जोखिमहरु देखापर्न सक्ने भएकाले यस्ता समस्याहरुको विषयमा छलफल गर्ने उद्देश्यले यो गोष्ठीको आयोजना गरिएको हो ।’ प्रविधिसँगै भित्रिन सक्ने जोखिम र त्यसमा अपनाउनुपर्ने सावधानीको विषयमा गोष्टी केन्द्रित हुने छ । 

कार्यक्रमका मुख्य प्रायोजक एनआईसी एशिया बैंक र रेनल्ट गाडिका वितरक एडभान्स अटोमोबाइल्स प्रा.ली. रहेका छन । बिरला इन्स्टिच्युट अफ मेनेजमेन्ट टेक्नोलोजी, जनता बैंक, कुमारी बैंक, एभरेष्ट बियर, केयर रेटिङ्स नेपाल लिमिटेड, एनसीसी बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय बाणिज्य बैंक, कर्मचारी संचय कोष, सूर्या लाईफ इन्स्योरेन्स, एलआईसी नेपाल र होटल बडीले सह-प्रायोजन गर्ने आयोजकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved