इन्फ्रास्ट्रक्चर बैंकको पहीलो लगानी सम्झौता, सहवित्तीयकरणमा ४ अर्ब लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 01:46:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पहिलो लगानी सम्झौता गरेको छ । बैंकले अन्य बैंकहरुको सहवित्तीयकरणमा उक्त परियोजनामा  लगानी सम्झौता गरेको हो । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना गत आर्थिक वर्षबाट औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो पहिलो लगानी सम्झौता गरेको हो । 

बैंकले कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालीकामा रहेको ३२ मेगावाट   करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गर्ने सम्झौता गरेको छ । उक्त आयोजनामा इन्फ्रास्ट्रक्चर बैंककोले, हिमालयन बैंक र सानिमा बैंकसँगको सहवित्तीयकरणमा लगानी गर्नेछ ।  

कुल लागत  ५ अर्व ८० करोड रुपैंया रहेको उक्त परियोजनामा इन्फ्रास्ट्रक्चर बैंकर अन्य बैंकको सहवित्तीयकरण समेत गरेर ४ अर्ब ६ करोड लगानी हुने बैंकले जनाएको छ । 

देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्धेश्य लिई स्थापना भएको बैंकले जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरुको पहिचान एवं आवश्यक अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved