मिर्मिरे लघुवित्तद्वारा फिल्ड कर्मचारीहरुलाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 02:42:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited ले आफ्ना फिल्ड कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम दिएको छ । कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दिइएको २ दिने तालिममा ११ वटा शाखाका १८ जना फिल्ड कर्मचारीको सहभागिता थियो ।

तालिममा प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु लगायतको उपस्थिति थियो । तालिम कार्यक्रमा फिल्डका कर्मचारीले गुणस्तरीय कर्जा कसरी प्रवाह गर्ने, वित्तीय साक्षरता, सामाजिक उतरदायित्व, जोखिममा रहेका कर्जा व्यवस्थापन, लेखा तथा कार्यालय व्यवस्थापन, विमाको महत्व र ग्रामीण क्षेत्रका सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरी कसरी उद्यमशील बनाउन सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved