नाडेप लघुवित्तमा कर्मचारीको आन्दोलन टुंगियो, ४७ दिनदेखि ठप्प कारोबार सुचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 12:28:34 PM मा प्रकाशित

laxmi  sunrise bank

४७ दिनपछि नाडेप लघुवित्तको वित्तीय कारोबार सुचारु भएको छ । कर्मचारीको आन्दोलनका कारण गत असार २२ गतेसम्म कम्पनीको वित्तीय कारोबार ठप्प थियो । आन्दोलनमा रहेका कर्मचारीहरुसंग सहमति भएसंगै भदौ ५ गतेदेखि नियमित कारोबार सुचारु भएको हो 

कर्मचारीको आन्दोलनको कारण संस्थाका ८० वटा शाखा मध्ये ५० वटा शाखाको सम्पूर्ण काम कारोबार ठप्प भएको थियो । अब भने कर्मचारीसंग सहमति भईसकेकोले सम्पूर्ण शाखाको काम नियमित रुपमा भईरहेको  कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र बहादुर कार्कीले बिजपाटीलाई बताएका छन 

कारोबार ठप्प भएकोले कम्पनीले गत आर्थिक बर्षको क्लोजिङ समेत गर्न सकेको छैन ।  अब छिट्टै क्लोजिङ गरेर कम्पनीको नाफा नोक्सान हिसाब आएपछि आन्दोलनमा रहेका कर्मचारीको के कति माग पुरा गर्न सकिने निर्क्योल गरिने सीईओ कार्कीले बताए ।  कर्मचारीले तलब वृद्धि, बिमा लगायतका माग राख्दै कारोबार नै ठप्प पारेका थिए  । 

कम्पनीको विवाद संसदमा समेत पुगेको थियो । सांसद राजेन्द्र केसीले यस विषयमा सरकारको ध्यानकर्षण गराएका थिए । सांसद केसीले संस्था बन्द हुँदा हजारौ महिलाहरु मर्कामा परेको बताउदै संस्थाको विवाद समाधान गराउन अर्थमन्त्रीसँग माग गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved