फरार अभियुक्त खोज्‍न इन्टरपोललाई पत्र, प्रहरी र राष्ट्र बैंकबीच समन्यवको अभाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 11:18:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको एटिएम सिस्टम ह्याक गरी पैसा चोर्ने समुहमा संलग्न २ फरार अभियुक्तको खोजिको लागि नेपाल प्रहरीले इन्टरपोलको सहयोग लिने भएको छ । गत शनिबार एटीएम ह्याक गरी पैसा चोर्ने चिनियाँ टोलीमा रहेका ८ जनामध्ये ६ जना पक्राउ परेको र फरार रहेका २ जना नेपाल छोडेर अन्य मुलुकमा गएको आशंकामा उनीहरुको खोजीको लागि इन्टरपोलको सहायता लिन लागेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बिजपाटीलाई जनाकारी दिए । फरार अभयिुक्त पहिचान भएपनि नाम भने खुलाउन नमिल्ने प्रवक्ता बोगटीले बताए । 

अपराध अनुसन्धान महाशाखा टेकुले महानगरीय प्रहरी परिसर काठमाडौंलाई इन्टरपोलमा सहयोग माग्न भन्दै पत्र पठाएको र महानगरिय पहरी परीसरबाट प्रहरी हेडक्वाटर हुँदै इन्टरपोलमा जाने उनले बताए । यस्तै १५ वटा बैंकको एटीएम सिस्टम चलाइरहेको नेप्सको सिइओलाई पनि अनुसन्धानको लागि बोलाईएको प्रवक्ता बोगटीले जानकारी दिए । 

उक्त विषयको अनुसन्धानको लागि प्रहरीले राष्ट्र बैंकसँग आइटी विज्ञ माग गरेको भएपनि राष्ट्र बैंकले अझै पनि उपलब्ध गराएको छैन । तर राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला भने राष्ट्र बैंकमा प्रहरी अपराध महाशाखाले आइटी विज्ञ माग गरेको कुनै पनि पत्र नआएको बताउँछन् । 

चिनियाँ ह्याकर समुहले नेपालबाट चोरेको १ करोड ६८ लाख मध्ये प्रहरीले हालसम्म १ करोड ५६ लाख रुपैयाँ बरामद गरिसकेको र ११ हजार डलर अझै बरामद गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । यस्तै ह्याकरको समुहले भारतबाट पनि १ करोड ५ लाख भारु चोरी गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved