
“चौथो आइटि ग्रुप कर्पोरेट फुटसल प्रतियोगिता”को उपाधी पोखरा फाइनान्स Pokhara Finance Limited ले जितेको छ । पोखरामा शनिबार सम्पन्न फाइनल खेलमा ओम डेभलपमेन्ट बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै पोखरा फाइनान्सले जित हात पारेको हो । खेलमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी कुल ९ टिमको सहभागीता थियो ।
खेलमा सर्बोकृष्ट खेलाडी पोखरा फाइनान्सका राजन श्रेष्ठ घोषित भए । विजेता टोलीलाई नगद २५ हजारसहित ट्रफी र मेडल हस्तारण गरिएको थियो । उपविजेता बनेको ओम डेभलपमेन्ट बैंकले नगद १५ हजार सहित ट्रफी र मेडल पाएको छ ।