
आरम्भ माइर्कोफाईनान्सका कर्मचारीबाट रकम लुटिएको छ । संस्थाको सिन्धुपाल्चोक स्थिति सुकुटे शाखाका कर्मचारीबाट मंगलबार १ लाख बढी रकम लुटिएको हो।
संस्थाका कनिष्ठ सहायक दिपक गौतमले ग्राहकबाट मासिक किस्ता वापत लिएर फर्कदै गर्दा १ लाख १८ हजार ४ सय २५ लुटिएको कम्पनीले जनाएको छ । गौतम सुनकोशी गाउँपालिका वडा नं. ४ सिमपानी स्थित सिमपानी कालीदेवी आरम्भ महिला केन्द्रको मासिक किस्ता वापतको रकम लिएर फर्कदै थिए ।
चार जनाको अज्ञात समुहले रकम चोरी गरेको सुकुटे शाखाका शाखा प्रमुख देव कुमार प्याकुरेल जानकारी दिएका हुन् ।