गभर्नर र संचालकलाई पनि उमेरहद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 09:15:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको संचालक गभर्नर र डेपुटी गभर्नरलाई पनि उमेरहद लागु हुने भएको छ । मन्त्रीपरिषद्ले स्वीकृत गरेर संघिय संसद प्रतिनिधीसभा सचिवालयमा दर्ता भएको नेपाल राष्ट्र बैंक ऐनलाई संशोधन गर्न बनेको विधेयकमा केन्द्रिय बैंकको संचालक गभर्नर र डेपुटी गभर्नर हुनको लागि ३५ वर्ष उमेर पुरा गरी ६५ वर्ष ननाघेको हुनुपर्ने प्रस्ताव गरिएको छ । 

प्रस्तावित विधेयकको दफा २१ को खण्ड च लाई परिमार्जन गर्दै बहुलाएको ब्यक्तिको सट्टा मानसिक सन्तुलन ठिक नभएको ब्यक्ति राखिएको छ भने सोही खण्डमा च पछाडी च१ थप गरी ३५ वर्ष उमेर पुरा गरी ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ । हाल कार्यन्वयनमा रहेको ऐनमा गभर्नर डेपुटी गभर्नर र संचालकको लागि उमेरहदको ब्यवस्था छैन । 

 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved