लघुवित्त बैंकर्स संघमा बसन्त राज लम्साल निर्विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 04:43:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लघुवित्त बैंकर्स संघले नयाँ नेतृत्व पाएको छ । आइतबार सम्पन्न संघको १३ औँ वार्षिक साधारणसभाले बसन्त राज लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

लम्साल विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा संघको अघिल्लो कार्यसमितिका महासचिव हुन । अर्का आशंक्षी लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मले उम्मेद्वारी फीर्ता लिएपछि लम्साल निर्विरोध निर्वाचित भएका हुन् । 

निर्वतनमा अध्यक्ष रामचन्द्र जोशी नेतृत्वको २ वर्षे कार्यकाल सकिएसँगै संघले आइतबार नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा फस्र्ट माइक्रोफाइनान्सका भेषराज पन्थी निवार्चित भएका छन् । अघिल्लो कार्यसमतिमा पन्थी कार्यसमिति सदस्य थिए । संघको सचिवमा वोमी लघुवित्तका प्रमेश आचार्य निविरोध निर्वाचित भएका छन् ।

संघको महासचिव, कोषध्यक्ष र सदस्यमा निर्विरोधको पहल भएपनि सहमति हुन नसकेपछि चुनाव हुने भएको छ । 

महासचिवमा नेशनल माइक्रोफाइनान्सको सिइओ राम बहादुर यादव र डेप्रोक्सका अमराज खड्का बीच प्रतिस्पर्धा हुँदैछ भने कोषध्यक्ष्मा मेरो माइक्रोफाइनान्सका रामहरी दाहाल र उन्नतीका प्रेम पाठक बीच प्रतिस्पर्धा हुने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved