६१ प्रतिशत नागरिक वित्तीय पहुँच भित्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 03:13:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले ६१ प्रतिशत नागरिकमा वित्तिय पहुँच पुगेको बताएका छन् । मिडिया इन्टरनेश्नलको ७ औ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले वित्तिय पहुँच ४० प्रतिशतबाट ६१ प्रतिशत पुगेको जानकारी दिए । गर्भनर नेपालले ७५३ स्थानीय तहमध्ये हालसम्म ७३९ स्थानीय तहमा बैंकको शाखा पुगेको भन्दै यसले वित्तीय पहुँचको विस्तार र ग्रामिण अर्थतन्त्र चलायमान भएको बताए । वित्तीय क्षेत्र विस्तार बढेकाले लगातार तीन वर्षसम्म उच्च आर्थिक वृद्धि हाँसिल सम्भव भएको उनको भनाई छ । 

कार्यक्रममा बैंकर्स संघका निवर्तमान अध्यक्ष अनिल केशरि शाह, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द प्रसाद ढकाल, लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लम्साल र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीले शुभकामना मन्तव्य दिएका थिए ।

टानका अध्यक्ष सुवेदीले बैंकहरुले पर्यटन क्षेत्रमा लगानी गर्न सक्ने वातावरण बनाउन गभर्नर समक्ष आग्रह समेत गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved