मर्जर प्रस्ताव पारित गर्न सारथी लघुवित्तले डाक्यो विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 06:39:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सारथी लघुवित्तले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले मर्जर  प्रस्ताव पारित गर्नको लागि कार्तिक ६ गते बुधबार दमौलीको होटेल गण्डकी रिभरभ्युमा सभा आह्वान गरेको हो ।

 सारथी लघुवित्त र सत्यवती लघुवित्तले मर्जरमा जाने सम्झौता गरेका थिए । सोहि मर्जर प्रस्ताव अनुमोदन गर्न सारथीले सभा आह्वान गरेको  गरेको हो । सभामा मर्जर सम्बन्धि प्रतिवेदन पारित गर्ने, स्वाप रेसियो पारित गर्ने, मर्जर सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

तनहूँमा प्रधान कार्यालय रहेको सारथी लघुवित्त र कपिलवस्तुको सत्यवती लघुवित्त मर्जरमा जान लागेका हुन् । मर्जरपछि लघुवित्तको नाम सारथी लघुवित्त रहने छ । मर्जरपछि एकीकृत संस्थाको चुक्ता पूँजी करीव १६ करोड पुग्ने छ । मर्जरपछि लघुवित्तको अध्यक्ष सत्यवती लघुवित्तले र प्रमुख कार्यकारी अधिकृत सारथी लघुवित्तले पाउने भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved