नागरिक लगानी कोष र संचय कोषको कारोबार राष्ट्र बैंकको निगरानीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2019 | 09:19:16 AM मा प्रकाशित

laxmi  sunrise bank

वित्तीय कारोबार गर्ने गैर बैंकिङ संस्थाहरुले पनि अब नेपाल राष्ट्र बैंकलाई सम्पत्ती शुद्धिकरण प्रयोजनको लागि आवाश्यक विवरण बुझाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले असोज १७ गते एक निर्देशन जारी गरेसँगै अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र हुलाक बचत बैंकले पनि सम्पत्ती शुद्धिकरण तथा आतंकवाद कार्यमा वित्तीय लगानी सम्बन्धी व्यवस्था कार्यन्वयन गर्नुपर्ने भएको हो ।

२०७५ कार्तिक २५ गते गरेको मन्त्रिपरिषको निर्णय अनुसार सम्पत्ती शुद्धिकरण निवारण ऐनको ब्यवस्था अनुसार राष्ट्र बैंकले उक्त निर्देशन जारी गरेको हो । सम्पत्ती शुद्धिकरणको लागि नियमनकारी निकायले तोकेअनुसारको निर्देशन पुरा गरी वित्तीय विवरण बुझाउन नेपाल राष्ट्र बैंकले तिवटै संस्थालाई निर्देशन दिएको हो । 

निर्देशिन जारी भएसँगै अब कर्मचारी सञ्चय कोष, नागरीक लगानी कोष र हुलाक बचत बैंकबाट पनि कुनै ब्यक्ति वा संस्थाले सम्पत्ती शुद्धिकरण ऐनले व्यवस्था गरेको भन्दा बढीको कारोबार गर्नु परेमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने हुन्छ । कुनै ब्यक्ति वा संस्थाले एकै दिनमा १० लाख भन्दा माथिको कारोबार गरेमा त्यसको जानकारी नेपाल राष्ट्र बैंकलाई गराउनुपर्ने ब्यवस्था ऐनल गरेको छ । 

१० लाख भन्दा बढी रकम जम्मा गर्दा त्ययसको स्रोत खुलाउनुपर्ने ब्यवस्था  पनि ऐनमा रहेको छ । ऐनमा भएको ब्यवस्था कार्यन्वयन नभएमा १० लाख ५ करोड  सम्म जरिवाना गर्ने ब्यवस्था रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved