पछील्लो समय वित्तीय क्षेत्रमा आउटर्सोिसङ .(ठेक्कामा) गरेको कर्मचारी ल्याएर कोर बैंकिङको काम गराउने विषय चर्चामा आइरहेको छ । नेपाल राष्ट्र बैंकले ड्राइभर तथा कार्यलय सहयोगि आउसोर्सबाट प्रयोग गर्न सक्ने ब्यवस्था गरेपनि अन्य बैंकिङ गतिविधिमा पनि आउटसोर्सिङि कर्मचारी प्रयोग नगर्न निर्देशन नै दिएको छ। अर्थमन्त्रीकै भनाइमा भन्ने हो भने ठेक्काका कर्मचारी प्रयोग गर्दा बैंकहरुमा जोखिम बढेको भन्न सकिन्छ ।
तर राष्ट्र बैंकको निर्देशन विपरित बैंकहरुले २-३ बर्ष पनी बैकिङ अनुभब नभएका बैंकरलाई शाखा प्रबन्धक बनाएर शाखा चलाएको भन्दै डेभलमेन्ट बैंकर्स महासचिव समेत रहेको मनोज ज्ञवालीले सार्वजनिक रुपमै आलोचना गरेका छन। सम्झौतानै नगरी बैंकहरुले कोर बैंकिङमा कति कर्मचारी राखेका छन भन्ने एकिन तथ्यांक नेपाल राष्ट्र बैंकसँग पनि नभएको पाइएको छ।
त्यस्ता कर्मचारीबाट बैंकको सिस्टम चलाउँदा कति नागरिकको सुचनाहरु कस्ता ब्यक्तिसम्म पुगेको छ भन्ने सम्बन्धीत निकाय बेखबर छ । बैंकहरुले लागत घटाउन ठेक्कामा कर्मचारी भर्ना गर्दा जोखिम बढ्दै गएको स्वयम अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बताइसकेका छन।
हालै मात्रै एक बैंकबाट नक्कली चेकमार्फत लाखौको रकम चोरी भएपछी नियामक निकायबाट यस विषयमा चासो भएको देखिन्छ । गभर्नर डा. चिरंजीवि नेपालले ग्लोबल आइएमई र जनता बैंकको एकिृत कारोबार उद्घाटन समारोहमा कसलाई चेक दिने र नदिने भन्ने कुरा नै थाहा नभएको भन्दै आफुलाई नियामक निकायको प्रमुख भएको भन्न पनि लाज हुने बताएको थिए ।
सोही कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि कर्मचारी चिनोस पनि कसरी भन्दै ‘उनले भने ठेक्कामा कर्मचारी ल्याएर भर्ना गराएको छ अनी ट्रेजरीमा, क्यासमा र सेन्सेटीभ डकुमेन्टमा राख्ने गरेको भन्दै आफ्नै कर्मचारी बैंकलाई थाहा नहुने अवस्था छ'। अर्थमन्त्री खतिवडाले आफु राष्ट्र बैंकको गभर्नर हुँदा हुँदा केवासीसँगै केवाई (नो योर इम्प्लोई) भन्ने ब्यवस्था गरेको सुनाउदै बैंकहरुलाई खास खास ठाउँमा स्थायि कर्मचारी राख्न निर्देशन समेत दिएको बताए।
उनको भनाइले पनि खर्च घटाउन ठेक्कामा कर्मचारी ल्याउँदा बैंकिङ क्षेत्रको सुचना बाहीर गएको भन्ने पुष्टी गर्छ। त्यसो त बैंकहरुले करारमा कर्मचारी नियुक्ती गर्ने र अनावश्यक लक्ष्य दिएपछी बीचमा नै कामको प्रेसर थेग्न नसकेर जागिर छाड्नेहरूको संख्या पनि अधिक रहेको बताइन्छ।
बैंकहरुले कर्मचारीमाथि गर्ने गरेको श्रम शोषको परिणाम पनि पछिल्लो समय घटेको बैंकिङ घटनाको कारण हुन् सक्ने बताइन्छ । राष्ट्र बैंकको प्रवक्ताले पनि बैंकिङ क्षेत्रको बारेमा जानकारी भएको ब्यक्तिले मात्र उक्त कार्य गर्न सक्ने बताएका थिए ।
स्रोतको भनाइलाई आधार मान्ने हो भने कतिपय बैंकहरुले राजश्व काउन्टरमा समेत कल वेस आउर्सोर्सङ कर्मचारी प्रयोग गर्ने गरेको बताइन्छ । केही समय अगाडी एक बाणिज्य बैंकमा भएको घटना पछी फेला परेको डेकुमेन्ट र चेकबुकले पनि बैंकिङ क्षेत्रको बारेमा जानकारी भएको ब्यक्तिले मात्रै त्यस्तो काम गर्न सक्ने बैंकिङ क्षेत्रका जानकार बताउँछन।