शहरी क्षेत्र काठमाडौँ मै सबैभन्दा धेरै कृषि कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 10:26:07 AM मा प्रकाशित

laxmi  sunrise bank

शहरी क्षेत्र काठमाडौँ मै सबैभन्दा धेरै कृषि कर्जा प्रवाह हुने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा  कुल कृषि कर्जाको २३.६ प्रतिशत प्रतिशत काठमाडौँ क्षेत्र मै प्रवाह भएको छ । काठमाडौँपछि विराटनगर क्षेत्रमा सबै भन्दा धेरै १६.३ प्रतिशत कृषि कर्जा प्रवाह भएको छ ।

त्यस्तै जनकपुर क्षेत्रमा ९.६ प्रतिशत, वीरगञ्ज क्षेत्रमा २०.८ प्रतिशत, पोखरा क्षेत्रमा ७.३ प्रतिशत, सिद्धार्थनगर क्षेत्रमा १२.६ प्रतिशत, नेपालगञ्ज क्षेत्रमा ५.८ प्रतिशत तथा धनगढी क्षेत्रमा ३.८ प्रतिशत कृषि कर्जा प्रवाह भएको छ । क्षेत्रगत रुपमा सबैभन्दा धेरै कर्जा काठमाडौं क्षेत्रमा प्रवाह भएको हो ।

कृषि क्षेत्रमा प्रवाह भएको कुल कर्जामध्ये काठमाडौं क्षेत्रमा मात्रै ३७ करोड ५८ लाख १२ हजार कर्जा प्रवाह भएको छ । जसमा पशुपालनमा ६ अर्ब ८१ करोड,  पंक्षीपालनमा ८ अर्ब ६ करोड, अन्न बालीमा १ अर्ब ८६ करोड, तरकारी बालीमा ३ अर्ब ६१ करोड र चिया तथा कफिमा १ अर्ब ५४ करोड प्रवाह भएको छ । 

विराटनगर क्षेत्रमा कृषिमा २५ अर्ब ९१ करोड कर्जा प्रवाह भएको छ । जसमा पशुपालनमा ३ अर्ब ८० करोड,  पंक्षीपालनमा १ अर्ब ९४ करोड, अन्न बालीमा २ अर्ब ६८ करोड, तरकारी बालीमा १ अर्ब ४२ करोड र चिया तथा कफिमा १ अर्ब ८७ करोड प्रवाह भएको छ । त्यस्तै विरगञ्ज क्षेत्रमा ३३ अर्ब ६ करोड भन्दा माथि कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ । जसमा पशुपालनमा ४ अर्ब ७२ करोड,  पंक्षीपालनमा १३ अर्ब ६६ करोड, अन्न बालीमा १ अर्ब ९७ करोड, तरकारी बालीमा १ अर्ब ३० करोड र चिया तथा कफिमा ४ करोड प्रवाह भएको छ ।

पोखरा क्षेत्रमा ११ अर्ब ६३ करोड कर्जा लगानी कृषि क्षेत्रमा भएको छ । जसमा पशुपालनमा ३ अर्ब ४१ करोड,  पंक्षीपालनमा २ अर्ब ३ करोड, अन्न बालीमा ८६ करोड, तरकारी बालीमा १ अर्ब ४५ करोड र चिया तथा कफिमा ५ करोड प्रवाह भएको छ । भैरहवा क्षेत्रमा २० अर्ब १२ करोड कर्जा लगानी कृषि क्षेत्रमा भएको छ । जसमा पशुपालनमा ३ अर्ब ४७ करोड,  पंक्षीपालनमा २ अर्ब १ अर्ब ८४ करोड र  तरकारी बालीमा १ अर्ब ४ करोड कर्जा प्रवाह भएको छ ।

जनकपुर क्षेत्रमा १५ अर्ब ३४ करोड कर्जा लगानी कृषि क्षेत्रमा भएको छ । जसमा पशुपालनमा २ अर्ब ६३ करोड,  पंक्षीपालनमा १ अर्ब १४ करोड, अन्न बालीमा १ अर्ब ४४ करोड, तरकारी बालीमा ९५ करोड र चिया तथा कफिमा ३ करोड प्रवाह भएको छ । नेपालगंज क्षेत्रमा ९ अर्ब २८ करोड कर्जा लगानी कृषि क्षेत्रमा भएको छ । जसमा पशुपालनमा १ अर्ब ५२ करोड,  पंक्षीपालनमा १ अर्ब ९७ करोड, अन्न बालीमा ७९ करोड, तरकारी बालीमा ५६ करोड र चिया तथा कफिमा २ करोड प्रवाह भएको छ ।

धनगढी  क्षेत्रमा ६ अर्ब ४ करोड कर्जा लगानी कृषि क्षेत्रमा भएको छ । जसमा पशुपालनमा ७२ करोड,  पंक्षीपालनमा १ अर्ब, अन्न बालीमा करिब १अर्ब , तरकारी करिब ५० करोड र चिया तथा कफिमा ५२ लाख प्रवाह भएको छ ।

समिक्षा अवधिमा कृषि कर्जा ४२.२ प्रतिशतले विस्तार भएर १ खर्ब ५९ अर्ब १८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा यस्तो कर्जा २७.७ प्रतिशतले मात्रै विस्तार भएको थियो । गत आर्थिक वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ४८ अर्ब ४७ करोड २८ लाख कर्जा अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा प्रवाह भएको छ। सबैभन्दा न्यून सूर्ति बालीमा रु. ९ करोड ३९ लाख प्रवाह भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved