एनआईसीका ग्राहकलाई सामसुङ मोबाइल खरिदमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 01:33:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंक NIC Asia Bank Limited का ग्राहकले सामसुङ ग्यालेक्सीको मोबाइल खरिदमा छुट पाउने भएका छन् । बैंकले सामसुङ ग्यालेक्सी एस १० तथा १० प्लस र ग्यालेक्सी नोट १० तथा १० प्लसको खरिदमा छुट दिने भएको हो ।

छुट प्रदान गर्ने सम्बन्धि सम्झौतामा  बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले हस्ताक्षर गरेका हुन्  । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैकिङ सेवा, बैंकको आफ्नै पीओएस र क्युआर प्रयोग गरी सामसुङ ग्यालेक्सी एस १० तथा १० प्लस र ग्यालेक्सी नोट १० तथा १० प्लस खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम ३ हजारसम्म छुट प्राप्त गर्न सक्ने छन् ।  योजना  माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू हुने बैंकले जनाएको छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved