बैंक वित्तीय संस्थाको संचालक वा सीईओ बन्न चाहिने शैक्षिक योग्यता संशोधन

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 19, 2020 | 01:24:29 PM मा प्रकाशित

sarbottam cement

बैंक वित्तीय सँस्थामा संचालक तथा प्रमुख कार्यकारी अधिकृत बन्नलाई चाहिने योग्यता तथा कार्य अनुभवसम्बन्धि व्यवस्था परिमार्जन गरिएको छ। नेपाल राष्ट्र बैंकले यसअघिको व्यवस्थालाई परिमार्जन गर्दै योग्यता र कार्य अनुभवमा थप सहजता प्रदान गरेको छ। 

राष्ट्र बैंकले यस अघिको प्राबधानलाई परिमार्जन गरि बैंक, बिकास बैंक, फाइनान्स र लघुवित्तका संचालक तथा सीईओको सूचना प्रविधि र कम्युटर बिज्ञानको योग्यतालाई समेत मान्यता दिएको छ। 

कार्य अनुभवलाई यथावत राख्दै राष्ट्र बैंकले संचालक र सीईओ बन्नका लागि सूचना प्रविधि र कम्युटर बिज्ञान सम्बन्धि शैक्षिक योग्यतालाई मान्यता दिएको हो। यसअघि सूचना प्रविधि र कम्युटर बिज्ञानसँग सम्बन्धित योग्यताले मान्यता नपाउँदा केहि व्यक्ति संचालक हुनबाट बन्चित भएका थिए। 

संचालक बन्नलाई शैक्षिक योग्यता सम्बन्धमा सामान्यतया तीन मापदण्ड पुरा गरेको हुनुपर्छ। पहिलो, शैक्षिक योग्यता छैन भने सम्बन्धित क्षेत्रमा ५ बर्ष काम गरेको अनुभव हुनुपर्दछ। त्यस्तै दोस्रोमा, स्नातक गरेको छ भने उससँग सम्बन्धित क्षेत्रमा ३ बर्ष काम गरेको अनुभव हुनुपर्दछ। त्यस्तै स्नातकोत्तरको योग्यता छ भने उससँग सम्बन्धित क्षेत्रको अनुभव नभएपनि हुन्छ। 

राष्ट्र बैंकले चैत ५ गते जारी गरेको सर्कुलरअनुसार अबदेखि सूचना प्रविधि र कम्युटर बिज्ञान सम्बन्धमा अध्ययन गर्नेको योग्यताले अन्य मापदण्ड पुरा गरेको अवस्थामा संचालक वा सीईओ बन्न पाइनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved