नबिल बैंकले युनाइटेड फाइनान्सलाई लिन लागेको हो ? यस्तो छ यथार्थ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 03:18:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर मुल्यमा सकारात्मक सर्किट लागेसँगै युनाईटेड फाइनान्स मर्जरमा जाने चर्चा चलेको छ। नबिल बैंकमा जाने हल्लाले फाइनान्सको सेयर मुल्यमा सकरात्मक सर्किट लागेको बजारमा चर्चा छ।  

यस अघि गत सोमबार पनि मर्जको हल्लाले फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो। ५ दिनको कारोबारमा मात्रै फाइनान्सको सेयर मुल्य प्रति कित्ता ६२ रुपैयाँले बढेर २६२ रुपैयाँ पुगेको छ। फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले मर्जरबारे आफुलाई केहि थाहा नभएको बताएका छन्। 

'यसबारे निर्णय गर्ने अधिकार संचालक समितिलाई हुने भएकाले व्यवस्थापन तहमा मर्जरबारे कुनै जानकारी हुदैन' उनले भने 'मर्जरबारे मलाई केहि थाहा छैन।'

नेपाल राष्ट्र बैंकले क्रस होलिङ्ग भएका बैंक वित्तीय संस्थालाई मर्जरमा लैजाने तयारी गरेकाले नबिल र युनाइटेड फाइनान्सको चर्चा चलेको हो। नबिल बैंकमा बिनोध चौधरी र उनको परिवारको लगानी रहेको छ भने युनाईटेड फाइनान्समा पनि बसन्त चौधरीको लगानी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved