समस्याग्रस्त सुचीबाट हटेको नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 07:17:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकको १८ औ बार्षिक  साधारण सभा सकिएको छ । बैंकका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा बसेको सभाले बैंकको आ.ब. २०७५/७६को बार्षिक वित्तीय विवरण, नाफा नोक्सान हिसाव पारित गर्नुको साथै एक बरावर एक (१ः१) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । 

हकप्रद निश्कासन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकले साधारण सभामार्फत गाभ्ने गाभिने, रणनीतिक साझेदार नयाँ लगानीकर्ता भित्र्याउने सम्बन्धमा प्रस्ताव पारित गरी त्यसको जिम्मेवारी संचालक समितिलाई दिएको छ ।

बैंकको हाल तीन वटा शाखा रहेका छन् । हालसालै मात्र नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुचीबाट हटाएको यो बैंकले केही वर्षमै ५० करोड चुक्ता पुजी पुर्याउने योजना बनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved