राष्ट्र बैंकद्वारा लघुवित्त संस्थाहरुको लागि एकिकृत निर्देशन जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 01:14:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले 'घ' वर्गका लघुवित्त संस्थाहरुको लागि एकिकृत निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले आज आइतबार लघुवित्तहरुको लागि  एकिकृत निर्देशन २०७७ जारी गरेको हो। 

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ र सो पश्चात २०७७ असोज ८ सम्म जारी भएका परिपत्र र निर्देशन समेतलाई समावेश गरी एकिकृत निर्देशन जारी गरेको हो।

यस अघि राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ मा गरिएका संशोधन परिमार्जन गरिएका व्यवस्था सार्वजनिक गरेको थियो । त्यसलाई समेत समायोजन गरेर राष्ट्र बैंकले एकिकृत निर्देशन २०७७ जारी गरेको हो। 

राष्ट्र बैंकले यस अघि नै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि एकिकृत निर्देशन २०७७ जारी गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved