बैंकहरुको पहिलो त्रैमासको वित्तीय विवरण वास्तविक नभएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 06:11:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले एनएफआरएस को व्यवस्थाअनुसार कर्जा जोखिम व्यवस्था नगरेको पाइएको छ। एनएफआरएस को व्यवस्था अनुसार कर्जा जोखिम व्यवस्थापन नहुँदा बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा उल्लेख नाफा नोक्सान वास्तविक नभएको बताइएको छ। 

गत आर्थिक बर्षसम्म बैंकहरुले एनएफआरएसको इम्पेयरमेन्ट वा राष्ट्र बैंकको निर्देशन २ मध्ये जुनले बढी प्रोभिजन देखाउँछ त्यसलाई नै लेखांकन गर्नुपर्ने कार्ब आउट को व्यवस्था थियो। तर कार्ब आउट को अवधि गत आर्थिक बर्ष नै सकिएकाले अहिले के गर्ने भन्ने अन्यौलताले गर्दा बैंकहरुले आ आफ्नो बुझाईअनुसार कर्जा जोखिम व्यवस्थापन गर्दा नाफा नोक्सानको हिसाब किताव वास्तविक नभएको हो। 

गत आर्थीक बर्षसम्म एनएफआरएस अन्तर्गत लागू गर्न नसकिएको व्यवस्थालाई केहि सहज बनाउन कार्ब आउट को व्यवस्था गरिएको थियो। जसअनुसार एनएफआरएस वा राष्ट्र बैंक मध्ये जुनले बढी प्रोभिजन देखाउँछ त्यसलाई नै व्यवस्थापन गर्नुपर्ने व्यवस्था थियो। 

गत आर्थिक बर्ष नै कार्ब आउट को अवधि सकिएकाले यस आर्थिक बर्षको पहिलो त्रैमासबाट एनएफआरएस अनुसार नै कर्जा जोखिम व्यवस्थापन गरिनुपर्नेमा त्यस्तो नभएको एक चार्टड एकाउन्टेन्टले बिजपाटीलाई बताए। 

उनकाअनुसार नेपाल राष्ट्र बैंक, नेपाल चार्टड एकाउन्टेन्टस संस्था ९आइक्यान० र नेपाल बैंकर्स संघले यस बिषयमा पहिल्यै नै कुनै ठोस निर्णय गरिसकेको हुनुपर्थ्यो। तर गत आर्थिक बर्षको वित्तीय विवरणको तयारीमा रहेकाले बैंकहरुले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा कार्ब आउट लागू हुन्छ वा हुदैन भन्ने कुरा प्राथमिकता नपर्दा यो अवस्था आएको हो। 

उनकाअनुसार चालू आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेश्नलले एनएफआरएस अनुसार कर्जा जोखिम व्यवस्थापन गरेको छैन। 

एभरेष्ट, कुमारी र प्राइमले समेत चालू आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। जसमा एभरेष्ट र नेपाल बैंकको खुद मुनाफा घटेको देखिएको छ भने प्राइम, कुमारी र सिटिजन्सको मुनाफा बढेको देखिएको छ। तर बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा देखाइएको नाफा नोक्सान यथार्थ विवरण नभएको उनको भनाई छ। 

कार्ब आउट को अवधि सकिएको र अब कसरी वित्तीय विवरण निकाल्ने भन्ने विषयमा नेपाल बैंकर्स संघको फाइनान्स कमिटिमा बल्ल छलफल सुरु भएको स्रोतको भनाई छ। प्रकाशित वित्तीय विवरण एनएफआरएस अनुसार नभएकाले बैंकहरुको विवरणमा देखाईएको हिसाब किताब विश्वसनीय नभएको उनको दाबि छ। 

चालू आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्नलाई अब ५ दिन मात्र बाँकी रहेकाले अवस्था झनै अन्यौलपूर्ण देखिएको छ। लेखामान बोर्ड तथा नेपाल चार्टड एकाउन्टेन्टस संस्था बीच समयमा सहकार्य हुन नसकेका कारण समेतले अवस्था झनै अन्यौलपूर्ण देखिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved