बैंकहरुको कमाउने थलो बन्यो सेयरबजार, एउटै स्टकबाट १२ करोड कमाई !

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 09, 2020 | 09:44:10 PM मा प्रकाशित

sarbottam cement

सेयरको दोस्रो बजार आम सर्वसाधारणको लागि मात्र नभई बैंक वित्तीय सँस्थाको लागि पनि अल्पकालीन लगानीको थलो बन्न पुगेको छ। कोभिड १९ को कारण लगानीको अन्य स्रोत ठप्प जस्तै हुँदा नाफाको लक्ष्य भेट्टाउँनलाई पनि बैंक वित्तीय संस्थाले अल्पकालीन लगानीको लागि सेयरबजारलाई विकल्प बनाएका हुन्। 

बैंक वित्तीय संस्थाले पनि सेयरबजारलाई लगानीको बिकल्प बनाउदा नेप्से इन्डेक्ससँगै कारोबार रकममा समेत उछाल आएको छ। कुनै बेला अर्ब दुई अर्बको कारोबार हुने बजारमा बैंक वित्तीय सँस्थाले अल्पकालिन लगानी गर्न थालेपछि दिनकै ९ अर्बसम्मको कारोबार भएको छ। 

बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकमको सदुपयोग पनि हुने र संचालक सामु प्रस्तुत गरेको मुनाफाको लक्ष्य पनि भेटिने उदेश्यले बैंकहरुले पछिल्लो ३-४ महिनामा झन्डै ७-८ अर्ब बराबरको रकम सेयरबजारमा लगानी गरेको पाईएको छ। 

राष्ट्र बैंकका अनुसार कात्तिकसम्म बैंकहरुले लगानी १ अर्ब ८२ अर्ब रुपैयाँ पुर्याएका छन्।  असार मसान्तसम्म यो लगानी कुल १ खर्ब ७३ अर्ब रुपैयाँ थियो। यस  ४ महिनामा मात्रै बैंकहरुले ८ अर्ब रुपैयाँले लगानी बढाएका छन्। राष्ट्र बैंकद्वारा जारी बैंक तथा वित्त कम्पनीहरुको एकीकृत निर्देशिकामा लगानीसम्बन्धी व्यवस्थाअनुसार बैंक वित्तीय सँस्थाले कुल पुंजीको १ प्रतिशत रकम मात्र सेयरको दोस्रो बजारमा लगानी गर्न पाउँछन।

प्रोभिजन सम्बन्धि सहुलियतको दुरुपयोग गरि चालू आर्थिक बर्षको पहिलो त्रैमासमा धेरै नाफा देखाएका बैंकहरुले नाफालाई निरन्तरता दिन सेयरबजारमा लगानी बढाएको पाइएको छ।  बिदेशी साझेदार रहेको एक बाणिज्य बैंकले नेपाल टेलिकमको सेयरबाट मात्रै १२ करोड रुपैयाँ आर्जन गरेको छ भने अर्को एक नयाँ जीवन बीमा कम्पनीले पुनर्बिमा कम्पनीको सेयरबाट ६  करोड आम्दानी गरेको छ। 

नियमित व्यवसायबाट आम्दानी घटिरहेको र बैंकिङ प्रणालीमा रहेको पैसाको लागत पनि बढिरहेको अवस्थामा छोटो अवधिको लागि भएपनि सेयरको दोस्रो बजार लगानीको विकल्प बनेको स्वयम बैंक तथा वित्तीय संस्था तथा इन्स्योरेन्स कम्पनीका अधिकारिहरु बताउँछन्। 

'संचालकदेखि सेयरधनी सबैलाई नाफा नै चाहिएको छ, यो विषम परिस्थितिमा व्यवसाय भनेजस्तो छैन, जोखिम मोलेर भएपनि आम्दानीको लागि सेयरमा लगानी गर्नुको विकल्प छैन' एक बैंकका उच्च अधिकारिले बिजपाटीकर्मीसँगको कुराकानीमा बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved