काठमाडौं उपत्यकामा महिला सवारी चालकहरुद्वारा संचालन हुने सफा टेम्पोमा चड्दा यात्रुले क्युआर कोड मार्फत नै भाडा भुक्तानी गर्न पाउने भएका छन्। प्रभु बैंक Prabhu Bank Limited ले आफ्ना मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको लागि यस्तो सेवा संचालनमा ल्याएको हो।
बैंकले यो सेवा आईडिया स्टुडियो नेपालको सहकार्यमा ल्याएको हो। यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले समेत उपभोग गर्न पाउने बैंकले जनाएको छ।
महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंक को क्यू आर कोड राखिएको छ । उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफ्नो मोबाईलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाईएको छ ।
यो सेवाबाट यात्रुहरु भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुने र यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।