सनराईजमा काका भतिजको विवाद, राष्ट्र बैंकद्वारा बाध्यात्मक मर्जरको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 11:30:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नातामा काका भतिज पर्ने मोतिलाल दुगड र मालचन्द दुगडबीचको लडाईले सनराइज बैंक Sunrise Bank Limited लाई बाध्यात्मक मर्जर तर्फ धकेलेको छ। बैंक अध्यक्ष मोतिलाल र संचालक मालचन्द दुगड समुहको इगोको लडाईले नरोकीए वर्तमान संचालक समिति बिघटन गरि कुनै अर्को बैंकसँग मर्जर गराउनुको विकल्प नरहेको राष्ट्र बैंकले जनाएको छ। 

बैंक संचालक समुह नै दुई गुटमा विभाजन भएकाले बैंकको दैनिक काम समेत प्रभावित भएको र यसले भविष्यमा बैंकलाई संकट तर्फ धकेल्ने राष्ट्र बैंकको बुझाई रहेको छ।  

राष्ट्र बैंक स्रोत भन्छ, 'आज पुष १४ गते मंगलबार संचालकहरुलाई राष्ट्र बैंक डाकेर मिलाउने प्रयास भएको छ, अझैं पनि दुवै समुह विभाजन तर्फ लाग्छन भने वर्तमान संचालक समिति बिघटन गरेर त्यहाँको व्यवस्थापनको जिम्मा राष्ट्र बैंकले लिनुको विकल्प हुदैन, राष्ट्र बैंकले जिम्मा लिनुपर्ने अवस्था आयो भने कुनै अर्को बैंकसँग मर्जरमा पठाउनुको विकल्प हुदैन।'

सनराइज बैंकमा मुख्य समस्या भनेको काका मोतिलाल दुगड र भतिज मालचन्द बीचको इगोको लडाई रहेको राष्ट्र बैंकको बुझाई छ। बैंकमा एउटा समुहमा बैंकका सीईओ जनक शर्मा र अध्यक्ष मोतिलाल दुगड रहेका छन् भने अर्को तर्फ संचालक मालचन्द दुगड, बच्चराज तातेड, शैलेन्द्र गुरागाँई, सारादा शर्मा  र दिपक नेपाल रहेका छन्। 

जनक शर्मालाई सीईओको रुपमा मालचन्द दुगडले ल्याएपनि उनले अध्यक्ष मोतिलाल दुगडको हितमा काम गरेर र मोतीलाल दुगड पनि सीईओलाई आफ्नो पक्षमा पारेर अनुचित लाभ लिएको मालचन्द समुहको बुझाई रहेको छ। 

युवराज खतिवडा अर्थमन्त्री हुँदा उनको साथ लिएर सीईओ जनक शर्माले बैंकमाथि दबाब सृजना गरेको र अध्यक्ष मोतिलाल दुगडको हितमा मात्रै काम गरेको मालचन्द समुहको बुझाइ छ। 

त्यसैले मालचन्द समुह मोतीलाल दुगडलाई अध्यक्षबाट र जनक शर्मालाई सीईओ बाट हटाउनलाई हदैसम्मको प्रयासमा लागेका छन्। अध्यक्ष र सीईओ एकातिर तथा अन्य संचालक अर्कातिर फर्किएर दुवै पक्ष एक अर्कालाई सिध्याउने खेलमा लागेकाले बैंक गम्भीर संकटमा फसेको राष्ट्र बैंकको बुझाई छ। 

बैंकको संचालक तथा व्यवस्थापनमा रहेको किचलोको कारण सर्वसाधारण जनताको अरबौंको निक्षेप तथा कर्जा लगानी रहेको बैंकलाई सहि दिशातर्फ लैजाने आफ्नो कर्त्यब्य भएकाले हस्तक्षेपको विकल्प पनि प्रयोग गर्नुपर्ने राष्ट्र बैंक स्रोतले जनाएको छ। 

गत साउनमा पनि राष्ट्र बैंकले सनराइज बैंक संचालकलाई राष्ट्र बैंक डाकेर सम्झाएर पठाएको थियो। विवाद चरमोत्कर्षमा पुगेपछि संचालक समितिलाई डाकेर सम्झाएको यो दोस्रो पटक हो। 

संचालक तथा मानव संसादन विभाग उपसमितिमा रहेका बच्चराज तातेडलाई अध्यक्ष मोतिलाल दुगडले अर्को उपसमितिमा बस्न आग्रह गरेपछि विवाद उत्कर्षमा पुगेको बताइन्छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको उपसमितिमा २ कार्यकाल भन्दा बढी बस्न मिल्दैन तर तातेड मानव शंसाधन उपसमितिमा दुई कार्यकाल बिताईसकेका छन्। तर यो एउटा बहाना मात्र भएको र संचालक समितिका दुई गुट बीच इगो को लडाई अहिलेको विवादको कारण भएको राष्ट्र बैंकको बुझाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved