
नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा सार्वजनिक गरेको छ। यस अघिको सेयर धितो तथा घर कर्जा सम्बन्धि व्यवस्थालाई अर्धबार्षिक समीक्षामा समेत यथावत राखिएको छ।
सेयरधितो तथा घर जग्गा कर्जामा भएको व्यवस्थालाई अहिलेको समयमा परिवर्तन गर्न आवश्यक नठानेकाले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा यस सम्बन्धमा पहिलेकै व्यवस्थालाई निरन्तरता दिईएको गभर्नर महाप्रसाद अधिकारिले बताए।
भोलि आवश्यक पर्यो भने मात्र यस सम्बन्धि व्यवस्थालाई पुनरावलोकन गरिने तर तत्कालै आगामी त्रैमासमा नै कुनै नयाँ व्यवस्था नहुने गभर्नर अधिकारीले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा सार्वजनिक कार्यक्रममा स्पष्ट पारेका छन्।
कोभिड १९ ले अति प्रभावित होटल पर्यटन तथा साना घरेलु व्यवसायीहरुको कर्जाको पुनर्तालिकीकरण, पुनर्संचरना तथा पुंजिकृत गर्ने समबन्धमा बाहेक अधिकांश व्यवस्थालाई राष्ट्र बैंकले यथावत राखेको छ।
होटल पर्यटन तथा अन्य प्रभावित क्षेत्रका व्यवसायीहरुको कर्जालाई ऋणीले २०७८ असार मसान्त भित्र लिखित कार्य योजना पेश गरेमा बैंक वित्तीय संस्थाले सोको विश्लेषण गरि बक्यौता ब्याजको न्युनतम ५ प्रतिशत असुल उपर गरि एक पटकको लागि कर्जा पुनर्संचरना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ।
त्यस्तै १० मेगावाट भन्दा साना जलबिद्युत आयोजनाहरुको बिशेष पुनर्कर्जामा पहुँच पुर्याउन आवश्यक व्यवस्था गरिने भएको छ।