ऋण नतिर्नेलाई होइन सक्रिय बर्गका ऋणीलाई मात्र थप सहुलियत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2021 | 08:39:20 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले सकृय बर्गमा रहेका कर्जाका ऋणीहरुलाई थप सहुलियत दिएको छ। चालू आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले  यसबारे जानकारी दिएका हुन्। 

गभर्नर अधिकारिकाअनुसार २०७६ पुष मसान्तसम्ममा सकृय बर्गमा रहेका कर्जालाई ऋणीले  २०७८ असार मसान्त भित्र लिखित कार्य योजना पेश गरेमा बैंक वित्तीय संस्थाले सोको विश्लेषण गरि बक्यौता ब्याजको न्युनतम ५ प्रतिशत असुल उपर गरि एक पटकको लागि कर्जा  पुनर्संचरना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइएको हो। 

गभर्नर अधिकारिकाअनुसार बिशेषगरि कोभिड १९ बाट अति प्रभावित होटल, पर्यटन तथा यससंग जोडिएका क्षेत्र र साना मझौला तथा घरेलु व्यवसायीहरुलाई थप ६ महिना राहत दिईएको हो।  तर ऋण नै नतिर्ने ऋणीलाई थप सहुलियत दिएको भने होइन। 

सकृय बर्गको कर्जा अर्थात पर्फर्मिंग लोन भन्नाले सामान्यतया ३ महिनासम्म सावाँ ब्याज नतिरेको र १ देखि ५ प्रतिशतसम्म मात्र प्रोभिजन गर्नुपर्ने कर्जालाई बुझिन्छ। व्यवसाय गर्न खोज्दा खोज्दै पनि कोभिड १९ का कारण प्रभावित भएका व्यवसायीहरुलाई केहि सहज होस् र पुरानै अवस्थामा फर्किन मद्दत पुगोस भन्ने उदेश्यले एक पटकको लागि २०७८ असार मसान्तसम्मको लागि पुनर्संचरना तथा पुनर्तालिकीकरणको सुविधा दिईएको गभर्नर अधिकारीले स्पष्ट पारेका छन्। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved