
चालू आर्थिक बर्षको ८ महिनामा बाणिज्य बैंकहरुको निक्षेप संकलन तथा कर्जा लगानीको तथ्यांक सार्वजनिक भएको छ। कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ एनबिएले आज यो तथ्यांक सार्वजनिक गरेको हो।
एनबिएको तथ्यांकअनुसार यस ८ महिनामा २७ वटा बाणिज्य बैंकहरुले ३७ खर्ब ८६ अर्ब २७ करोड निक्षेप संकलन गरेका छन् भने ३३ खर्ब १७ अर्ब ४७ करोड कर्जा लगानी गरेका छन्।
यस अवधिमा अर्थात चालु आर्थिक बर्षको ८ महिनामा बैंकहरुको निक्षेप २ खर्ब ९६ अर्ब २९ करोडले बढेको छ भने झन्डै दोब्बरले अर्थात ४ खर्ब १२ अर्ब १६ करोडले कर्जा लगानी बढेको छ। यस तथ्यांकले पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलनको तुलनामा कर्जाको माग बढेको देखाउछ।
निक्षेप संकलन तथा कर्जा लगानीमा एनआईसी एसिया अगाडी
निक्षेप संकलन तथा कर्जा लगानीमा ८ महिनाको अवधिमा एनआईसी एसिया पहिलो स्थानमा देखिएको छ। यस अवधिमा एनआईएसी एसिया एक्लैले ६४ अर्ब ४६ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरि ६९ अर्ब ३६ करोडले कर्जा लगानी गरेको छ।
एनआईसी एसिया बैंकपछि बढी निक्षेप संकलन गर्नेमा क्रमश प्रभु, ग्लोबल, एनसिसि, सिद्दार्थ र सिभिल बैंक रहेका छन्। त्यस्तै बढी कर्जा लगानी गर्नेमा पनि एनआईसी एसिया पहिलो स्थानमा छ भने उसलाई पछ्याउने बैंकमा नबिल, प्रभु, एनएमबि, सिद्दार्थ, ग्लोबल रहेका छन्।
अन्य बैंकहरुको निक्षेप संकलनमा वृद्धि हुँदा विदेशी लगानी भएका स्ट्यान्डर्ड चार्टड बैंक, नेपाल एसबिआई र नेपाल बंगलादेश बैंकको निक्षेप भने घटेको छ।
कोभिड १९ का कारण कर्जाको माग घटेसँगै केहि बैंकले ब्याज खर्च घटाउन निक्षेपलाई प्रथामिकतामा राखेका छैनन् भने केहि बैंकले अवस्था सामान्य हुँदा कर्जा माग बढ्ने अपेक्षामा ब्याज खर्च बढाएर भएपनि अहिलेदेखि नै निक्षेप संकलनलाई ध्यान दिएका छन्।
भविष्यमा निक्षेप तान्न बढी प्रतिस्पर्धा गर्नुपर्ने र धेरै ब्याज दिनुपर्ने भएकाले केहि बैंकले अहिलेनै बैंकिङ उद्योगमा तुलनात्मक रुपमा बढी ब्याज दिएर निक्षेप संकलन गरेका छन्। चालू आर्थिक बर्षको ८ महिनाको तथ्यांकलाई हेर्ने हो भनेपनि निक्षेपको तुलनामा कर्जा लगानी बढ्दो ट्रेन्डमा देखिएको छ।
कोभिड १९ का कारण कर्जाको माघ बढेसँगै केहि बैंकले निक्षेप तान्नलाई ब्याज बढाएर कर्जा लगानीलाई प्रथामिकतामा राखेका छैनन् भने केहि बैंकले अवस्था सामान्य हुँदा कर्जा माग बढ्ने अपेक्षामा ब्याज खर्च बढाएर भएपनि अहिलेदेखि नै निक्षेप संकलनलाई ध्यान दिएका छन्।
भविष्यमा निक्षेप तान्न बढी प्रतिस्पर्धा गर्नुपर्ने र धेरै ब्याज दिनुपर्ने भएकाले केहि बैंकले अहिलेनै बैंकिङ उद्योगमा तुलनात्मक रुपमा बढी ब्याज दिएर निक्षेप संकलन गरेका छन्।