बफिन र भारतको सियुटिएमबीच कर्मचारीको क्षमता बढाउनेबारे सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 04:50:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बिफिन) र सेन्चुरीयन युनिभर्सिटि अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्ट (सियुटिएम) बीच समझदारी भएको छ । नेपालको बित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा यी २ संस्थाबीच आपसी समझदारी भएको हो । 

फ्रेबुअरी २२ बाट २६ सम्म बिफिन र सियुटिएमको संयुक्त आयोजनामा लघुवित्त संस्थाका कर्मचारीहरुको लागि विश्वविद्यालय परिसर उडिसा, भारतमा संचालन गरिएको ५ दिने तालिमको उद्घाटनकै बेला सम्झौतामा हस्ताक्षर भएको हो । समझदारी पत्रमा 

बिफिनका तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सियुटिएमको तर्फबाट उपकुलपति डा. सुप्रिया पट्नायकले हस्ताक्षर गरे ।

दुई संस्थाको समन्वयमा प्रदान गर्ने तालीम, गोष्ठी तथा सेमिनार, शिक्षा तथा अनुसन्धान र परामर्श सेवा, सीप विकास कार्यक्रम, एसएमई विकास, सूचना प्रबिधि तथा अन्य सम्बद्ध सेवाहरु संचालन र समन्वय गर्ने लगायत प्राविधिक तथा व्यवसायिक संस्थान÷कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन संचालन गरी बिफिन र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि प्राविधिक सेवा उपलब्ध गराउने सहमति पत्रमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved