खप्तड छेडेदहमा हिमालयन बैंकको ‘एक घर एक खाता’ अभियान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2021 | 04:59:36 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले खप्तड छेडेदह गाउँपालिकाका ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । हिमालयन बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको ‘एक घर, एक बैंक खाता’ अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको हो ।

नमुना गाउँपालिका घोषणा सभा कार्यक्रममा उक्त समाग्रीहरु विद्यालयहरुका प्रधानाध्यापक तथा विद्यालयका प्रतिनिधिहरुलाई  हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

कार्यक्रममा राष्ट्र बैंकका प्रादेशिक कार्यालय धनगढीका निर्देशक शुभाष चन्द्र घिमिरे, हिमालयन बैंकका कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, सुदुरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी तथा छेडेदह शाखाका शाखा प्रमुख किरण रिजाल र गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved