इन्भेष्टमेन्ट बै‌कले एनआईबिएल समृद्धि फण्ड २ संचालन गर्न बोर्डबाट पायो अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2021 | 03:36:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बै‌क Nepal Investment Bank Limited ले “एनआईबिएल म्युचुअल फण्ड” अन्र्तगत संचालन हुने चौथो योजनाको रुपमा “एनआईबिएल समृद्धि फण्ड २” नामको बन्दमुखी योजना संचालन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बै‌‌कले नेपालको पूँजी बजारमा सामूहिक लगानी कोषअन्र्तगत विभिन्न योजनाहरु संचालन गर्ने उदेश्यले आफु कोष प्रबद्र्धक रहि बैँकको सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी “एनआईबिएल म्युचुअल फण्ड” नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालन गर्दै आईरहेको छ । 

“एनआईबिएल म्युचुअल फण्ड” को पहिलो योजना “एनआईबिएल समृद्धि फण्ड १” सफलता पूर्वक संचालन गर्दै यस योजनाका इकाईधनीहरुलाई हाल सम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गरेको र आगामी आर्थिक वर्षमा यस योजनाको ७ बर्ष अवधि पुरा भई योजना बन्द हुने बै‌कले जनाएको छ ।

फण्ड २ योजनाको आकार रु. १ अर्ब २० करोडको हुने १० वर्षको अवधि सम्म संचालनमा रहनेछ । प्रति इकाई मूल्य रु. १० दरको १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ ।

योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिने छ । लगानीबाट आर्जित मुनाफा इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उदेश्य रहेका जनाएकोे छ । प्रभावकारी वार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा २१.४३ प्रतिशत योजनाका इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण बैँकले गरेको छ । यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved