बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, कुन बैंककाे कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 05:11:29 PM मा प्रकाशित

laxmi  sunrise bank

'क' बर्गका बाणिज्य बैंकहरुले जेठ १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैशाख महिनाको तुलनामा एनआईसी एसिया लगायतका धेरै बैंकले ब्याजको दर घटाएका छन् भने केहिले बढाएका छन्।

कोरोना भाइरसको पहिलो प्रभाव सामान्य भएर आर्थिक गतिविधि चलायमान हुँदै गर्दा कर्जाको माग बढ्न गएको थियो, जसले गर्दा अवस्था सामान्य भएको भए नेपालको बैंकिङ प्रणालीमा तरलतामा चाप पर्न गई ब्याजको दर बढ्ने देखिएको थियो। तर कोरोनाको दोस्रो प्रभाव देखिएसँगै कर्जाको माग घट्न गएकाले बैंकिङ प्रणालीमा पैसा थुप्रिन थालेको छ, जसले गर्दा ब्याजदर बढ्ने तत्कालको सम्भावना टरेको छ। 

नेपालको बैंकिङ प्रणालीमा ब्याजको दरलाई चलाउन सक्ने क्षमता राख्ने मध्ये एउटा बैंकको रुपमा लिइने एनआईसी एसिया बैंकले घटेको ब्याजदर सार्वजनिक गरेको छ।

१.एनआइसी एसिया बैंकले बचतमा १.५२% ब्याजदर दिने जनाएको छ भने मुद्दति निक्षेपमा ६.५२% सम्म ब्याज दिने भनेको छ। चैत मसान्तसम्मको आधार दर ६.७७ प्रतिशत रहेको छ। यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ। त्यस्तै स्थिर कर्जाको लागि बैंकले १२.७७% ब्याजदर निर्धारण गरेको छ ।

२.नेपाल एसबीआई बैंकले बचतको ब्याज २.५५% तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ७.५०% निर्धारण गरेको छ । यता, बैंकको चैत मसान्तसम्मको बेस रेट ७.४६ प्रतिशत रहेको छ। यसमा न्यूनतम १.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ।

३.त्यस्तै नबिल बैंकले बचतमा न्यूनतम १.५१% देखि अधिकतम ३.५१% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५१% ब्याज दिने भनेको छ । यो एक वर्षभन्दा बढी समयको मुद्दतिको ब्याजदर हो । ३ महिनाको मुद्दतिको ब्याजदर ५.०१% निर्धारण गरेको छ । यता, बैंकको चैत मसान्तसम्म बेस रेट ६.१८ प्रतिशत छ। यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९% देखि ११.५०% सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

४.राष्ट्रिय वाणिज्य बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.५०% देखि ७.२५% र संस्थागत मुद्दति निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर हुने जनाएको छ। त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३% देखि ५% सम्म ब्याजदर तोकेको छ । यस बैंकले असार महिनाको आधार दर ५.८% अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ।

५.सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७५% र अधिकतम ४.७५% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ७.७५% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको चैत मसान्तसम्मको आधार दर ७.७७% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिइने बैंकले जनाएको छ। स्थिर कर्जाको लागि ११.४९% देखि १२.९९% ब्याज दर निर्धारण गरेको छ।

६.एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% र न्यूनतम ५% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ ।

७.एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याजदर २% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ८.२५% र न्यूनतम ४.७५% तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ६.१०% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिने जनाएको छ।

७.हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतिको न्यूनतम ब्याजदर ४% र अधिकतक ब्याजदर ७% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ।

८.माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७% निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधारदर ७.०९% छ । यसमा बैंकले ७% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९% देखि अधिकतम १२.२४% ब्याजदर निर्धारण गरेको छ ।

९.मेगा बैंकले बचतको न्यूनतम २.७५% देखि अधिकतम ३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ७.२५% निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ७.५९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने जनाएको छ।

१०.सनराइज बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ३.५०% सम्म ब्याज दिने भएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७% ब्याज निर्धारण गरेको छ । चैत मसान्तसम्मको बैंकको आधार दर ७.२३% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५०% देखि अधिकतम १३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ ।

११.लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५% देखि अधिकतम ४.५% सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७% र एक वर्ष माथि ७.५% सम्म ब्याजदर दिन्छ । बैंकको चैतसम्मको आधार दर ६.७९% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

१२.प्रभु बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यनतम ५.५०% र अधिकतम ७% सम्म ब्याजदर दिन्छ । बैंकको चैतसम्मको आधार दर ७.०६% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्यनतम ९.९९% देखि अधिकतम ११.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

१३.कुमारी बैंकले बचत खातामा न्यूनतम १.७५% देखि अधिकतम ३.७५% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.५०% देखि ६.५०% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको चैत महिनामा आधार दर ७.६३% छ । बैंकले न्यूनतम १०.५०% देखि अधिकतम ११% सम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

१४.सिद्धार्थ बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.५% देखि अधिकतम ७% सम्म ब्याजदर दिने भएको छ । यता, यसको चैत महिनामा आधार दर ६.९९% छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५% सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९% देखि अधिकतम १०.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

१५.बैंक कृषि विकास बैंकले बचतको न्यूनतम ब्याजदर ३.५०% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% र न्यूनतम ६.५०% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४८% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ।

१६.प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% र न्यूनतम ७.७६% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१४% रहेको छ । यसमा अधिकतम ६.९९% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

१७.एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८% र न्यूनतम ७% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

१८.बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ४% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको चैत मसान्तसम्मको आधार दर ७.६०% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिने बैंकले जनाएको छ।

१९.नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.७५% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७५% र न्यूनतम ७.२५% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९% देखि अधिकतम १२.९९% सम्म ब्याजदर निर्धारण गरेको छ।

बैंकिङ प्रणालीमा कर्जाको तुलनामा निक्षेपको अनुपात बढी

आर्थिक वर्षको चौँथो त्रैमासको पहिलो महिना सकिंदै गर्दा बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेपको मात्रा बढ्न थालेको छ। अघिल्लो साता निक्षेप र कर्जा लगानीको वृद्धिको अनुपात उस्तै रहेपनि पहिलो महिनाको अन्तिमसम्म आइपुग्दा निक्षेप ह्वात्तै बढेको हो। 

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो एक सातामा बाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढ्दा कर्जा लगानी मात्र २ अर्बले बढेको छ । यो तथ्यांकले पछिल्लो समय बैंकहरुमा कर्जाको माग घटेको र निक्षेपको मात्रा बढ्दै गएको देखाउँछ। 

बैशाखको २४ गतेसम्म बाणिज्य बैंकहरुले ३९ खर्ब ३३ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेकोमा बैशाख ३१ गतेसम्म आइपुग्दा बैंकहरुले ३९ खर्ब ५५ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ११ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै एक साताको अन्तर अर्थात् बैशाख २४ देखि ३१ गतेसम्म बैंकहरुले २२ अर्ब निक्षेप संकलन गरी २ अर्ब कर्जा लगानी गरेका छन्।

आर्थिक क्रियाकलाप तिब्र रुपमा अगाडी बढिरहेको बेला कोरोना भाइरसको दोस्रो लहरका कारण सृजित अवस्थाका कारण एकातर्फ पछिल्लो समय कर्जाको माग घटेको छ भने अर्को तर्फ हिजो कर्जा लिएकाहरुले तिर्ने क्रम बढेको छ, जस कारण बैंकमा विस्तारै पैसा थुप्रिन थालेको छ।  

कोरोनाको लकडाउनका कारण आर्थिक गतिबिधि ठप्प जस्तै हुँदा बैंकहरुमा थुप्रिएको पैसा विस्तारै सेयरबजारमा लगानीको रुपमा पुगेकाले पछिल्लो समय सेयर बजारमा कारोबार रकम ऐतिहासिक बन्न पुगेको एक बैंकरले बिजपाटीलाई बताए।

'अहिले लगानी गर्ने र छोटो अवधिमा नै प्रतिफल आउने क्षेत्र भनेको सेयरबजार नै हो, त्यसैले सामान्य देखि संस्थागत लगानीकर्ता मात्र नभई बैंक वित्तीय संस्थाको समेत लगानीको प्राथमिकता सेयरबजार नै परेको छ, त्यसैले पनि कारोबार रकम ऐतिहासिक बन्न पुगेको हो' ती बैंकरले बताए।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved