निर्धन उत्थानका कर्मचारीद्वारा कोभिडमा पनि फिल्डमा पठाएको आरोप, के भन्छन् सीईओ पन्त ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2021 | 09:23:08 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान लघुवित्त वित्तीय सँस्थाको २०७८ जेठ १९ मा जारी परिपत्रबारे संस्था भित्र रहेको आधिकारिक ट्रेड युनियनले विरोध जनाएको छ । पत्रमा कर्मचारीलाई फिल्डमा गएर किस्ता उठाउने घुमाउरो तरिकाले आदेश दिएको भन्दै युनियनले विरोध गरेको हो । 

पत्र क्षेत्रीय कार्यालयबाट आएको थाहा भए लगत्तै जेठ १९ गते नै ७ वटा प्रदेश कमिटी अध्यक्षहरुको भर्चुअल बैठक बसेर संयुक्त विज्ञप्ति निकालेका थिए । प्रदेशहरुको संयुक्त विज्ञप्ति आएलगत्तै केन्द्रीय समितिले प्रमुख कार्यकारी अधिकृतलाई जानकारीसहित पत्र काटेको जनाएको छ । कर्मचारीलाई यो विषम परिस्थितिमा बाध्यकारी फिल्डमा जान भन्ने कुरा नगर्न, स्वास्थको प्रत्याभुति दिएर राष्ट्र बैंक र स्थानीय तहको निर्देशन अनुरुप कार्य गर्ने वातावरण मिलाउन भनिएको थियो । 

त्यस्तै संस्थामा कार्यरत दुई जना कर्मचारीको मृत्युु भएको हुँदा उनीहरुको परिवारलाई तत्काल आर्थिक राहतको प्याकेज र मृतकको परिवारलाई रोजगारीको व्यवस्था गर्न भनिएको छ । 

यस बारे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ‘सिइयो’ जनार्दन देभ पन्तले पूर्ण रुपमा फिल्डमा गएर काम गर्ने अवस्था नभएको र कर्मचारीलाई फिल्डमा जान भनेको नभई ग्राहकको पनि समस्या हुने भएकोले ग्राहकसँग सम्पर्कमा रहिरहन अनुरोध गरेको बताए । 

‘ग्राहकको पैसा संस्थामा हुने भएकोले यस विषम परिस्थितीमा ग्राहकलाइ समस्या पर्न सक्छ, पैसाको अभाव हुन सक्छ, त्यसबारे जानकारी लिईरहन अनुरोध गरिएको हो । घरघरै गएर काम गर भनेको होईन, ग्राहकलाई समस्या पर्दा सहयोग गर्नुपर्छ । यसका लागि अनुरोध गरेको हो ।’  कार्यकारी अधिकृत पन्तको भनाई छ । 

उनले ट्रेड युनियनलाइ पनि यस बारे सकारात्मक रूपमा लिन अनुराेध गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved