नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ बैशाख मसान्तमा १ खर्ब २८ अर्ब ४४ करोड लगानी भएको छ । बैंकको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा उक्त रकम लगानी भएको उल्लेख छ ।
यस बाहेक करिव २० अर्ब पुनरकर्जा स्वीकृत भई लगानीको क्रममा रहेको जनाइएको छ ।
यस्तै तथ्याङ्ककाअनुसार २०७८ बैशाख मसान्तसम्ममा ९५ हजार ८ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१ खर्ब ४९ अर्ब ७६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४३ हजार ९ सय ९७ ऋणीलाई प्रवाह भएको १०० अर्ब १० करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ४९ हजार ४ सय ५० महिला उद्यमीलाई प्रवाह भएको ४६ अर्ब ४६ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ५९ ऋणीको रु.३ अर्ब २० करोड कर्जा बक्यौता रहेको छ ।
यस्तै “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ बैशाख मसान्तसम्ममा ४८ करोड ६१ लाख स्वीकृत भएको तथ्याङ्कमा उल्लेख छ ।