कर्जा लगानीमा गडबड भएको निष्कर्ष, राष्ट्र बैंकले माग्यो ठूला ऋणीका फाइल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 12:34:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षमा प्रवाह भएको कर्जाको उपयोगिताबारे अध्ययन थालेको छ। गत बर्षको तुलनमा चालू आर्थिक बर्ष झन्डै दोब्बरले कर्जा लगानी भएपछि यसको उपयोगिताबारे अध्ययन थालिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। 

गत बर्ष ४ खर्ब रुपैयाँ बराबर कर्जा लगानी भएकोमा कोभिड १९ को विश्वब्यापी महामारीका बीचमा पनि यो आर्थिक बर्षको ११ महिनामा मात्रै झन्डै ८ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।  

जुन क्षेत्रका लागि कर्जा लिईएको हो त्यहि क्षेत्रमा गए नगएको बारे अध्ययन भईरहेको छ। यसका लागि सबै बैंक वित्तीय सँस्थासँग उनीहरुले प्रवाह गरेको ५० लाख रुपैयाँ माथिको कर्जाको विवरण माग गरिएको छ। 

कोभिडको महामारीको बीचमा पनि घरजग्गा कारोबार बढेको, गाडी लगायतका बस्तु तथा सेवाहरुको आयात उल्लेख्य बढेको र सेयर बजारमा पनि झन्डै २० अर्बको कारोबार भएको जस्ता कारणले कर्जा सहि सदुपयोग नभएको राष्ट्र बैंकको बुझाई रहेको छ।

एसेस्ट मार्केट उल्लेख्य बढ्नुले कर्जा सही ठाउँमा नगएको र केहि गडबढ भएको राष्ट्र बैंकको बुझाई रहेको छ। कोभिडको कारण फितलो भएको फिल्ड साइड अध्ययन चैत यता तिब्र पारिएको र त्यस अध्ययनले पनि पछिल्ला समय बैंकिङ प्रणालीमा संचालन जोखिम झनै बढेको राष्ट्र बैंक स्रोतले जनाएको छ। 

स्रोत भन्छ, राष्ट्र बैंकको चाँसो भनेको संचालन जोखिम बढ्नु भएन भन्ने हो,  संचालन जोखिम बढ्दा बैंकिङ क्षेत्र नभई समग्र अर्थतन्त्र प्रभावित हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved