८ बैंकमा राष्ट्र बैंकको निरीक्षण हुँदा ५ बैंक कारबाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 02:08:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले स्थलगत निरीक्षणलाई तिब्रता दिएको छ। अवस्था सामान्य हुन थालेपछि कोभिड १९ को कारण ठप्प जस्तै भएको स्थलगत निरीक्षणलाई राष्ट्र बैंकले तिब्रता दिएको हो।

राष्ट्र बैंकले आफुहरुको बैंकमा चैत महिनामै निरीक्षण गरेको एक बैंकका सीईओले बताए। बैंकको कर्जाको फाइलमा संचालकहरुको हस्तक्षेप कुन प्रकारको छ भन्ने कुरामा राष्ट्र बैंकको धेरै चाँसो रहेको ती बैंकरको भनाई छ। 

अहिलेसम्म नेपाल बंगालदेश बैंक, सिद्दार्थ बैंक, प्राइम बैंक, मेगा बैंक, सिभिल बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, सेन्चुरी कमर्शियल बैंक, ग्लोबल आईएमई बैंकको स्थलगत निरीक्षण भईसकेको छ। नियमित कार्यतालिका अन्तर्गतकै भएकाले अरु बाँकी बैंक वित्तीय सँस्थामा पनि स्थलगत निरीक्षण हुने ती बैंकरले बताए। 

यद्दपी यो निरीक्षण राष्ट्र बैंकको नियमित कार्यतालिका भएको ती बैंकरले बिजपाटीलाई बताए। राष्ट्र बैंकबाट अनुमती लिएर संचालनमा आएका सँस्थाहरुको स्थलगत निरीक्षण सामान्यरुपमा दुई बर्षमा एक पटक हुने गर्दछ।

संचालन जोखिम, कर्जा प्रवाहको तौर तरिका, संचालकको हस्तक्षेप, व्यवस्थापन र संचालकबीचको सम्बन्ध, कर्मचारीहरुको काम गर्ने शैली जस्ता बिषयहरु अहिले राष्ट्र बैंकको चाँसोको बिषय हुन्।   

कोभिड १९ को महामारीको बीचमा बैंक वित्तीय सँस्थाले उल्लेख्य रुपमा व्यवसाय विस्तार गर्नु उनीहरुको क्षमताको कुरा भएपनि कर्जाको उपयोगिता र संचालन जोखिमको अवस्थामा राष्ट्र बैंकको मूल चाँसो देखिएको छ। 

राष्ट्र बैंकले चालू आर्थिक बर्षमा गरेको स्थगलगत निरीक्षण पश्चात स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सिभिल बैंक लाई कारबाही समेत गरिसकेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved