सिटिजन्समा सिर्जना गाभिएपछिको एकीकृत कारोबार सुरु, यस्तो छ वित्तीय अवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2021 | 11:26:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड @Citi ले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी आजबाट एकीकृत कारोबार गरेको छ । दुवै सँस्थाका   सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी एक कार्यक्रम मार्फत सिटिजन्सका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको उद्घाटन गरे। 

२०७८ साल असार २५ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिव १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ । 

प्राप्ती पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुगेको छ। हाल सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु संचालनमा आएका छन् । 

सहमति अनुसार, सिर्जना  फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ती पछिको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ।

अध्यक्ष राजन सिंह भण्डारीले प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने बताए। मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास अभिव्यक्त गरे।

प्राप्तीबाट सिर्जना फाइनान्स  लिमिटेडका ग्राहकहरुले अझ बढी स्तरिय र परिस्कृत वित्तीय सेवाहरु प्राप्ती पछि बनेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८९ वटा शाखाहरुबाट प्राप्त गर्ने उनले बताए।

त्यसै गरी साबिकको सिर्जना फाइनान्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुयेश प्याकुरेलले सिर्जना फाइनान्स लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्वल हुने कुरा अभिव्यक्त गरे। 

सिटिजन्सका संचालक तथा मर्जर तथा प्राप्ती समितिका संयोजक प्रवल जंग पाण्डेले प्राप्ती पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने कुरा व्यक्त गरे। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved