बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जाको माग बढ्यो, यसकारण बढ्दैछ कर्जाको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2021 | 04:52:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्षको दोस्रो महिनाको दोस्रो साता तिर आइपुग्दा बैंकहरुमा निक्षेपको तुलनामा कर्जा प्रवाहको मात्रा बढ्न थालेको छ। अघिल्लो साता निक्षेप र कर्जा दुवैमा वृद्धि देखिएपनि भदौको पहिलो साता निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढेको हो।   

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार भदौको पहिलो चार दिनसम्म वाणिज्य बैंकहरुको निक्षेप ६ अर्बले घट्दा कर्जा लगानी भने १४  अर्बले बढेको छ। यो तथ्यांकले पछिल्लो समय बैंकहरुमा निक्षेपको तुलनामा कर्जाको माग बढेको देखाउँछ। 

नेपालमा बैंक वित्तीय संस्थाहरुले अधिकांश कर्जा जग्गा धितो राखेर मात्र प्रवाह गर्ने भएकाले पछिल्लो समयमा मालपोत कार्यलय बन्द खुला हुँदा र आर्थिक बर्षको पहिलो त्रैमास भएकोले निक्षेपको तुलनामा कर्जा प्रवाह बढेको जानकारहरु बताउँछन्। 

भदौ ४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब १७ अर्ब निक्षेप संकलन गरी ३७ खर्ब ३८ अर्ब कर्जा प्रवाह गरेका छन्। अघिल्लो साता अर्थात साउन ३२ गतेसम्म बैंकहरुले ४१ खर्ब २३ अर्ब निक्षेप संकलन गरि ३७ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेका छन्।  त्यस्तै ४ दिनको अन्तर अर्थात साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म निक्षेप ६ अर्बले घट्दा कर्जा लगानी भने १४  अर्बले बढेको छ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved