सेन्चुरीले ल्यायो नयाँ सुविधा सहितको 'सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2021 | 10:16:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी बैंकले नयाँ सुविधा सहितको 'सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट' नामक नयाँ खाता संचालनमा ल्याएको छ।  बैंकले यस बचत खातामा साढे ५ प्रतिशत ब्याज दिने भएको छ। न्युनतम एक हजार रुपैयाँ खातामा हुनुपर्ने उक्त बचत खाताको ब्याज त्रैमासिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ। 

यो खाता खोल्दा ग्राहकले मोबाइल तथा इन्टरनेट बैंकिंङ निशुल्क हुने बैंकले जनाएको छ। त्यस्तै यस खाता खोल्ने ग्राहकलाई किफायती लकर सेवा समेत उपलब्ध हुनेछ। 

तर ग्राहकले यो खाता खोल्नका लागि पैसा प्राप्त गरेको खुल्ने रेमिट्यान्स सिलिप उपलब्ध गराउनुपर्ने बिज्ञप्तीमा उल्लेख छ। 

हाल यस बैंकले देशभरका १२६ शाखा, १० एक्सटेन्सन काउन्टर तथा १८ वटा ब्रान्चलेस बैंकिंग मार्फत आफ्ना ग्राहकलाई बैंकिग सेवा प्रदान गरिरहेको छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved