एभरेष्ट बैंकले ल्यायो चाडपर्व लक्षित 'एभरेष्ट फेस्टिभ अफर' , ७ प्रतिशत ब्याजमै भेइकल कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 08:34:15 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले चाडपर्व लक्षित 'एभरेष्ट फेस्टिभ अफर' ल्याएको छ। यस अफरमा घरदेखि एसएमई कर्जासम्मलाई ब्याज तथा अन्य बिभिन्न कुरामा बिशेष सुविधा दिईएको बैंकले जनाएको छ। 

यस अफर अन्तर्गत बैंकले मानिसहरुको भावनासँग जोडिएको घरका लागि घर कर्जा, आन्टर प्रिनियर बन्न चाहनेका लागि एसएमई लोन, आफ्नै साधन होस् भन्ने चाहनेका लागि भेइकल एण्ड मोटरसाइकल लोन, व्यक्तिगत प्रयोजनका लागि पर्सनल लोन मा बिभिन्न सुविधा तथा छुट हरु दिएको छ।   

घर कर्जामा ७।४९ प्रतिशत, एसएमई लोन ७।२४ प्रतिशत, भेइकल लोन ६।९९ प्रतिशत, मोटरसाइकल लोन ७।९९ प्रतिशत र व्यक्तिगत कर्जा ७।९९ प्रतिशत ब्याज कायम गरिएको छ। 

चाडपर्व लक्षित यो ब्याजमा बिभिन्न प्रकारका कर्जा लिन पाउँदा ग्राहकहरुले चाडपर्वको अनुभूति लिन पाउने बैंकको अपेक्षा रहेको छ। आफुहरुले उपलब्ध गर्न सकेसम्मको कम ब्याज सहितको स्किम ग्राहकको लागि ल्याएको बैंकले जनाएको छ।  

यो अफर भदौ २७ देखि सुरु हुनेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved