मञ्जुश्री फाईनान्सको एकै पटक ३ नयाँ शाखाबाट कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 02:44:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्सले एकै पटक तीनवटा नयाँ शाखा संचालनमा ल्याई कारोबार सुरु गरेको छ। मन्जुश्रीले सुनसरीको ईनरुवा, झुम्का वजार, र मोरङ्गको  विराटचौक शाखाको एकै पटक कारोबार सुरु गरेको हो। 

मन्जुश्री फाइनान्सका संचालक समितिका अध्यक्ष इन्दिरा पण्डित र संचालक समिति सदस्यहरुले यी नयाँ शाखा कार्यलयहरुको उद्घाटन गरे।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको मन्जुश्रीले यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज,मुर्गिया, योगिकुटि,मणिग्राम , भैरहवा, गैडाकोट, भरतपुर र पर्सावजार मा १८ वटा शाखा रहेका थिए भने अव थप ३ सहित शाखा संख्या २१ पुगेको छ। 

२०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको मन्जुश्रीले  ८.९१ अर्व निक्षेप संकलन गरि ७.९५ अर्व कर्जा परिचालन गरेको छ  । 

मन्जुश्रीले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र  एटिएम सेवा  लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved