डा. निलम ढुंगानालाई दिईयो कायम मुकायम गभर्नरको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 12:59:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको इतिहासमा पहिलो पटक महिलाले राष्ट्र बैंक प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाएकी छन्। बहालवाला गभर्नर महाप्रसाद अधिकारि कोभिड पोजेटिभ भएपछि डेपुटी गभर्नर डा. निलम ढुंगानालाई कायम मुकायम गभर्नर बनेर राष्ट्र बैंक प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका जुरेको हो। 

गभर्नर अधिकारिलाई कोभिड पोजेटिभ देखिएकाले दैनिक कार्यको लागि ढुंगानालाई असोज २०७८ असोज ६ गते देखि लागू हुने गरि कायम मुकायम गभर्नर तोकिएको हो। 

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव ढकालकाअनुसार गभर्नर अधिकारी कोरोना  संक्रमित भएका कारण निलम डा ढुंगानालाई कायम मुकायम मुकर्रर गरिएको हो। गभर्नर अधिकारी सामान्य अवस्थामा नफर्किदासम्मको लागि डा. ढुंगानाले कायम मुकायमको जिम्मेवारी सम्हाल्ने उनले बताए।

असोज ५ गतेको परीक्षणमा पोजिटिभ देखिएपछि अधिकारीको अनुरोधमा अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर उक्त व्यवस्था गरेको हो। अर्थ मन्त्रालयको पत्रमा अधिकारी निको भएर कार्यालय नआएसम्मको लागि तिम्सिनालाई कायममुकायम दिइएको उल्लेख छ। 

सामान्यतया गभर्नर नेपालमै भएको अवस्थामा यसरी कायम मुकायम गभर्नर दिने दिने चलन छैन। तर पछिल्लो समय कोभिड १९ का कारण नेपालमै भएपनि कार्यकारी पदमा रहेका व्यक्तिमा कोभिड पोजेटिभ देखिएमा कायम मुकायम दिने गरिएको छ।      

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३१ मा अधिकार प्रत्यायोजनको व्यवस्था छ। यस व्यवस्थाअनुसार  गभर्नरले बैंकको काम सुचारु रुपले सञ्चालन गर्न ऐनबमोजिम प्राप्त गरेको अख्तियारी डेपुटी गभर्नर वा बैंकका अन्य कर्मचारीहरुलाई सुम्पन सक्नेछन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved