सिभिल सहकारीबाट पैसा लिएको पुष्टि भए सबै सम्पती राज्यलाई सुम्पिन्छु: पूर्व महान्यायाधिवक्ता खरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2021 | 11:18:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल सेभिङ एण्ड को–अपरेटिभको अर्बौं रुपैयाँ हिनामिना तथा ठगी गरेको अभियोगमा पक्राउ इच्छाराज तामांङ पक्राउ परेपछि उनीसंग जोडिएका अन्य घटनाहरु समेत सतहमा आउन थालेका छन्। 

यहि घटनासँग जोडेर तत्कालिन माहान्याधिवक्ता तथा पुर्व कानुनमन्त्री अग्नि खरेल माथि पनि उनि पदमा रहंदा नै कानुनी सल्लाहकार बनेर सिभिल सहकारीबाट पैसा लिएको आरोप लागेको छ। 

तत्कालिन केपी ओली नेतृत्वको सरकारमा महान्यायाधीवक्ता समेत रहेका खरेलमाथि उनि पदमा रहंदा नै इच्छाराज तामाङको कानुनी  सल्लाहकारको रुपमा सिभिल सहकारीबाट पैसा लिएको आरोप लागेको हो। 

तर खरेलले आफूमाथि लागेको आरोप निराधार रहेको प्रतिकृया दिएका छन्। २०७१ सालसम्म आफुले कानुनी सल्लाह दिएको स्वीकार गर्दै खरेलले आफु पदमा रहेदेखि सिभिल सहकारीबाट कहिल्यै पनि कुनै पनि रुपमा कुनै पनि पैसा नलिएको दाबी गरेका छन्।

आफु सांसद हुँदा तामांङ पनि सांसद रहेकाले चिनजानको आधारमा मौखिक सल्लाह दिनु स्वभाविक भएको बताउदै पैसा नै लिएर औपचारिक रुपमा लिखित सल्लाह कहिल्यै नदिएको खरेलले बताए।   

"एउटा कानुनविदको रुपमा २०७१ सालसम्म बिभिन्न रुपमा कानुनी सल्लाह दिएको हो, तर त्यो बेलासम्म सबै कुरा ठिक पनि थिए" खरेलले बिजपाटीसँगको कुराकानीमा भने, "२०७१ सालपछि म बिभिन्न समयमा बिभिन्न पदमा रहेर काम गरेको छु, त्यहि भएर मैले त्यसयता कानुनी सल्लाहकारको रुपमा मैले कुनै पनि काम गरेको छैन, माहान्याधिवक्ता हुँदा पनि सिभिल सहकारीबाट मासिक ५ लाख रुपैयाँ लियो भन्ने आरोप लगाएका छन्, आरोप पुष्टि गरे म मेरो सबै सम्पति राज्यलाई दिन्छु।"

नेकपा एमालेका नेता तथा पूर्व सांसद समेत रहेका खरेलले २०७१ सालसम्म बिभिन्न बेला बिभिन्न समयमा आफुले कानुनी सल्लाह दिएको र सिभिल बैंक खोल्दा पनि कानुनी सल्लाह दिएको बताए। 

"तर महान्यायाधीवक्ताहुँदा र कानुनमन्त्री छँदा पनि पैसा लिएर कानुनी सल्लाहकारको काम गर्यो भन्नु बेकार हो" खरेलले भने। 

३ सय ७५ जनाले दिए उजुरी

सिभिल सहकारीबाट पिडित भएको भन्दै अहिलेसम्म ३ सय ७५ जनाले इच्छाराज तामांङ बिरुद्द उजुरी दिएका छन्। शुक्रबारसम्म १ अर्ब ७५ करोड ३६ लाख भन्दा बढी रकम ठगिएको भन्दै उजुरीकर्ताले उजुरी दिएका छन्। 

उजुरिकर्ताले दिएको उजुरीको आधारमा केन्द्रिय अनुसन्धान व्यरो, सीआईबि ले इच्छाराज तामाङ सहित सहकारीका अध्यक्ष तथा ऋण शाखाको प्रमुख केशवलाल श्रेष्ठ गरि १२ जनालाई पक्राउ गरेको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved