एनआईसी एसियाले दसैँ विदामा पनि सातै प्रदेशबाट सेवा दिने, यी शाखा खुला रहने (सुची सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 09:57:11 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले दशैंको सार्वजनिक विदाको दिनमा पनि आफ्ना ग्राहकलाई बैंकिंङ सेवा प्रदान गर्ने भएको छ। दसैँको फूलपाती, अष्टमी, नवमी र एकादशीमा काठमाडौ उपत्यका सहित देशभरका सातै प्रदेशमा रहेका आफ्ना शाखा मार्फत सेवा प्रदान गर्ने  बैंकले जनाएको छ।   

ग्राहकको सुविधालाई ध्यानमा राखी दशैंको सार्वजनिक विदाको दिनमा पनि सिमित शाखाबाट सिमित समयको लागि बैंकिंङ सेवा प्रदान गर्न लागिएको बैंकले जनाएको छ। 

बैंककाअनुसार असोज २६ गतेदेखि असोज ३० गते एकादशमिसम्म बिहान ११  बजेदेखि दिउँसो २ बजेसम्म सातैवटा प्रदेशका तोकिएका शाखा सञ्चालनमा रहनेछन। असोज २९ गते दसैँको टीकाका दिन भने सबै शाखाहरु बन्द रहनेछन्। 

सात वटा प्रदेशमा तोकेका बिभिन्न जिल्लाका शाखाहरु मार्फत नगद राख्न र झिक्न मिल्ने लगायतका अति आवश्यक सेवाहरुप्रदान गरिने बैंकले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved