सिभिल बैंकले दसैँ विदामा पनि सातै प्रदेशबाट सेवा दिने, यी शाखा खुला रहने (सुची सहित)

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 11, 2021 | 10:12:08 AM मा प्रकाशित

laxmi bank

सिभिल बैंकले दशैंको सार्वजनिक विदाको दिनमा पनि आफ्ना ग्राहकलाई बैंकिंङ सेवा प्रदान गर्ने भएको छ। दसैँको फूलपाती, अष्टमी, नवमी र एकादशीमा काठमाडौ उपत्यका सहित देशभरका सातै प्रदेशमा रहेका आफ्ना शाखा मार्फत सेवा प्रदान गर्ने बैंकले जनाएको छ।   

ग्राहकको सुविधालाई ध्यानमा राखी दशैंको सार्वजनिक विदाको दिनमा पनि सिमित शाखाबाट सिमित समयको लागि बैंकिंङ सेवा प्रदान गर्न लागिएको बैंकले जनाएको छ। 

बैंककाअनुसार असोज २१ गते घटस्थापनादेखि असोज ३० गते एकादशीसम्म सातैवटा प्रदेशका तोकिएका शाखाहरु सञ्चालनमा रहनेछन। असोज २९ गते दसैँको टीकाका दिन भने सबै शाखाहरु बन्द रहनेछन्।

बैंककाअनुसार बागमती प्रदेशमा रहेको मुख्य कार्यालयबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म, लुम्बिनी प्रदेशमा कुनै शाखाहरु १० बजेदेखि १२ बजेसम्म तथा कर्णाली प्रदेशमा ९ बजेदेखि १२ बजेसम्म सेवाहरु सुचारु रहनेछन।  

सात वटा प्रदेशमा तोकेका बिभिन्न जिल्लाका शाखाहरु मार्फत तोकिएको समयमा नगद राख्न र झिक्न मिल्ने लगायतका अति आवश्यक सेवाहरु मात्र  प्रदान गरिने बैंकले जनाएको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved