इच्छाराजको दाग मेटाउने तयारीमा सिभिल बैंक, अध्यक्षको लागि पाण्डे र बोगटीबीच प्रतिस्पर्धा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 10:50:00 AM मा प्रकाशित

laxmi  sunrise bank

बहालवाला अध्यक्ष इच्छाराज तामांङ पक्राउ परेपछि सिभिल बैंकमा उनको विकल्प खोजिएको छ। सिभिल सेभिङ एण्ड को–अपरेटिभको अर्बौं रुपैयाँ हिनामिना तथा ठगी गरेको अभियोगमा तामांङ पक्राउ परेकाले त्यसको असर बैंकमा नदेखियोस भन्नका लागि पनि उनको विकल्प खोजिएको बैंक स्रोतले जनाएको छ। 

सिभिल सहकारी र सिभिल होम्स लगायतका प्रकरणले सिभिल बैंकको छवीमा प्रत्यक्ष अप्रत्यक्ष असर परेकाले बैंकमा इच्छाराज तामांगको विकल्प खोज्नुको अर्को विकल्प नभएको बैंकका एक संचालकले बिजपाटीलाई बताए।

कान्छो बाणिज्य बैंकको रुपमा संचालनमा आएर पनि धेरै सूचकमा राम्रो हुँदाहुँदै पनि इच्छाराजको 'इमेज' ले सिभिल बैंकको ब्राण्डमा धक्का लागेको ति संचालकको दाबि छ। 

'व्यक्तिगत रुपमा हामीहरुको कुनै रिसिभी छैन, उहाँ (इच्छाराज तामाङ)  राम्रो मान्छे हुनुहुन्छ तर सिभिल सहकारी र सिभिल होम्सका कारण उहाँको इमेजमा धक्का लागेको छ, अहिले पक्राउ परेपछि झनै ठुलो धक्का लागेको छ, अहिलेको नेगेटिभ असर बैंकमा देखिनु हुदैन, त्यसैले पनि उहाँको विकल्प खोज्न लागिएको हो।'

सिभिल बैंकमा संस्थागत रुपमा कर्मचारी संचय कोषको सबै भन्दा धेरै स्वामित्व रहेपनि संचालक समितिमा संचय कोषको प्रतिनिधि नभएकाले अहिले भएकैबाट अध्यक्ष चयन गर्न खोजिएको हो।

यो पनि: सिभिल सहकारीबाट पैसा लिएको पुष्टि भए सबै सम्पती राज्यलाई सुम्पिन्छु: पूर्व महान्यायाधिवक्ता खरेल

पाण्डे र बोगटीबीच प्रतिस्पर्धा तिब्र 

अहिले भएका संचालक समितिका सदस्यहरुमा पनि अमिर बोगटी र प्रताप जंग पाण्डेबीच अध्यक्षको लागि प्रतिस्पर्धा तिब्र देखिएको छ। बहालवाला अध्यक्ष अध्यक्ष इच्छाराज पक्राउ पर्नासाथ आफु अध्यक्ष बन्नु पर्ने दाबि लिएर पाण्डे नेपाल राष्ट्र बैंक समेत पुगेको स्रोतको भनाई छ। 

त्यसो त सिभिल बैंकमा व्यक्तिगत रुपमा पाण्डेको नै सबै भन्दा बढी सेयर स्वामित्व रहेको छ। बैंकमा उनको करिब ४ प्रतिशत सेयर स्वामित्व रहेको छ भने अध्यक्ष इच्छाराज तामांगको ३।८ प्रतिशत रहेको छ। 

पाण्डेलाई अरु प्रमोटर डम्बर बहादुर मल्ल र अन्जन शाहले सघाउदा सहजै अध्यक्ष बन्ने सम्भावना बढी छ। मल्लको साढे तिन र शाहको साढे तिन गरि ७ प्रतिशत सेयर स्वामित्व रहेको छ। पाण्डे सिभिल बैंकले प्राप्ति गरेको आइएलएफसी फाइनान्सबाट आएका हुन्।

पाण्डेसंगै सिभिल बैंकको अबको अध्यक्षमा अमिर बोगटीको पनि दाबि रहेको छ। बोगटीको सेयर १ प्रतिशत भन्दा कम नै रहेपनि तामांङ यस अगाडी सांसद हुँदा बोगटीलाई अध्यक्ष बनाईएकाले अहिलेपनि उनि अध्यक्ष हुने सम्भावना उत्तिकै बलियो रहेको छ। 

तर बिगतमा तामाङले इच्छाएका व्यक्तिको रुपमा बोगटीलाई लिईएको र अहिलेपनि उनको प्रतिनिधिको रुपमा हेरिने भएकाले बोगट अध्यक्ष बन्दा बैंकको ब्राण्डसँग इच्छाराज जोडिन सक्ने भएकाले अध्यक्षमा उनलाई चयन गर्न नहुने आवाज बैंकभित्र बलियो बनेको छ।


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved